राहदानीले रुवायो मन्त्री, कारण थियो गाई मरेको सिन


Filmy Kura, Mar 25, 2016 at 3:34 pm

Haribol-Gajurel-cry

सधैँ जसो औपचारिक कार्यक्रममा गएर घाँटी फुलाई फुलाई भाषण गर्ने मन्त्री बेलाबखत हलमा पनि देखिन्छन् । हिजो बिहीबार बिग मूभिजमा ‘राहदानी’ को प्रिमियर हेर्ने निम्तो स्विकार गरी कृषि मन्त्री हरिबोल गजुरेल पुगे । फिल्म हेरिसकेपछि हलबाट बाहिरिदा सञ्चारकर्मीले प्रतिक्रिया माग्नु स्वाभाविक नै हो । दृश्य यस्तो देखियो कि कृषि मन्त्री फिल्मका बारे भन्दै थिए तर एक्कासी उनी भावुक भए र क्वाँ क्वाँ रुन पो थाले । हल भित्र पनि उनी रोएका थिए । यस्तो रुवाउने सिन थियो गाईको मृत्यु । एक गरिब परिवारको गाई फिल्ममा मरेको दृश्यले उनलाई वास्तवमा यसरी रुवाएको हो ।

वैदेशिक रोजगारीको विषयमा बनेको फिल्म ‘राहदानी’ का लेखक निर्देशक डब्बु क्षेत्री हुन् । मन्त्री रोएपछि निर्देशक डब्बुले सम्हालेका थिए । दयाहाङ राई, रुपा खनाल, अशोक रिजालको फिल्ममा अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)