आवारा बनेर बैशाख २४ मा हल कब्जा गर्दै राजेश


Filmy Kura, Mar 26, 2016 at 2:22 pm

rajeshजिउडाल मिले पनि अभिनयमा चम्कन नसकेर दर्शकमाझ उति सारो मार्क नभएका नायक राजेश ढुङ्गाना अब ‘आवारा’ बनेर नयाँ वर्ष सँगै आउने भएका छन् । एक्सन नायकका रुपमा आफूलाई प्रस्तुत गरिरहेका राजेशका जीवनदाता, जय शिव शंकर, द मोस्ट वान्टेड दर्शकले रुचाएका फिल्म हुन् । अब यि नायक ‘आवारा’ को रुप धारण गरी बैशाख २४ बाट हल प्रवेश गर्दैछन् । राजेश कै लगानीमा निर्मित यस फिल्मलाई दिनेश पौडेलले निर्देशन गरेका छन् । रुकु फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा राजेश सँगै हर्षिका श्रेष्ठ, लोकेन्द्र वली, सन्ध्या महर्जन लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको गीतमा ओम सुनारको संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)