२०७३ मा जीवनको पहिलो रिलिज फिल्म बाजीगर, जंगे सँग हुनेछ महाभिडन्त


Filmy Kura, Mar 27, 2016 at 5:20 pm

suraj-jiwan

२०७३ सालमा नायक जीवन लुइँटेलको पहिलो रिलिज फिल्म ‘बाजीगर’ हुनेछ । यो साल उनले अभिनय गरेका जति पनि रिलिज फिल्म छन् तीनले कुनै माहोल तताउन सकेन । करिब ६ महिनाको ग्याप पछि जीवनले आज मिडिया सामु क्यामेरा फेस गरे ‘बाजीगर’ फिल्मको प्रेस मिट मार्फत ।

Bazigar

बैशाख १७ रिलिज डेट तय भएको फिल्ममा जीवन एक्शन भूमिकामा देखिएका छन् । फिल्मीकुरा सँगको वार्तालापमा जीवनले ‘बाजीगर’ मार्फत नयाँ वर्षमा दर्शकमाझ गतिलो उदाहरण पेस गर्ने तवरले प्रस्तुत हुने बताए । उनले भने, ‘मेरो क्यारेक्टरले त्यो कुराको प्रमाणित गर्नेछ । यो वर्ष मेरा फिल्म खासै चलेनन् । बाजीगरले राम्रो सुरुवात अवश्य गर्नेछ ।’

नेपाल र अमेरिका गरिरहने जीवनले अरु कलाकार जस्तो उतै बस्ने हिसाबले आफू नभासिने समेत स्पष्ट पारे । फिल्म कै लागि विदेश आउने जाने क्रम चलिरहेको जीवनको भनाइ छ । जीवन प्रमुख भूमिकामा रहेको फिल्म ‘बाजीगर’ को सुरजसिंह ठकुरी अभिनित ‘जंगे’ सँग महाभिडन्त पर्ने पक्का छ । बाजी कसले मार्ला फिल्मी बजारमा दुई खेमामा छुट्टिएर चलचित्रकर्मी तथा पत्रकारले अनुमान लगाइरहेका छन् ।

शेखर कोइराला प्रस्तुतकर्ता रहेको ‘बाजीगर’ मा जीवन सँगै अनु शाह, संजोग कोइराला, निश्मा घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । भलै शेखर नेपाली फिल्मका लागि पुराना र अनुभवी निर्माता भए पनि केही समय पहिले रिलिज फिल्म ‘उत्सव’ बाट भने चुर्लुम्म डुबेका थिए । संजोग कोइराला उनको आफ्नै छोरा हुन् । बाउको बिडो थामेर हिड्न खोजिरहेका संजोगलाई पहिलो गासमा ढुङ्गा भने जस्तै भयो तर उनी यो पटक भने निकै आशावादी छन् । फिल्ममा बाजी जीवन सँग परेपनि संजोगले यो पटकको बाजी भने दर्शकमाझ क्लिक हुनका लागि जसरी पनि जित्नै पर्ने देखिन्छ ।

यता अनु शाह पनि हातमा फिल्म भइकन, अभिनय गरिकन पनि कुन स्थानमा छिन् आफै अनविज्ञ जस्तै छिन् । हाल सम्म राजेश हमाल, निखिल उप्रेती जस्ता स्टार सँग स्क्रिन सेयर गर्न पाए पनि कुनै चर्चा बटुल्न नसकेकी अनुले जीवनसँगको पहिलो काम ‘बाजीगर’ मार्फत साच्चिकै बाजी मार्नका दाउ खोजिरहेकी छिन् ।

रंजित राना निर्देशित ‘बाजीगर’ लाई सोसियल ड्रामा, एक्शन र लभस्टोरीको समायोजित रुप भनिएको छ । विग मूभिजमा एक कार्यक्रमका बीच आज यो फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)