रामप्यारी वस्त्रमा शिव सेनाको आपत्ती


Filmy Kura, Mar 28, 2016 at 4:17 pm

rekha-thapaजब फिल्मको रिलिज मिति नजिकिदै गयो हाम्रा देशका कलाकर्मी विवादमा मुछिनु सामान्य जस्तै भइसक्यो । यस अगाडि पनि नायिका रेखा थापाले फिल्ममा प्रयोग गरेको वस्त्रलाई लिएर विवाद नभएको होइन । यो पटक पनि ‘रामप्यारी’ फिल्ममा उनले प्रयोग गरेको गेरु वस्त्रलाई लिएर शिव सेना नेपालले आपत्ती जनाएको छ ।

हिन्दु धर्म सम्बन्धि वकालत गर्ने सो संस्थाले उनलाई कारवाही गर्ने सम्मको चेतवानी दिएको छ । रेखाले प्रयोग गरेको वस्त्रले हिन्दु धर्ममा आस्था राख्ने आम मानिसको ध्यान यतिबेला तानेको छ । यसरी उक्त वस्त्र फिल्ममा प्रयोग गर्न हुन्थ्यो कि हुन्न थियो वहस सुरु भएको छ । शिव सेना नेपालले यसरी वस्त्र प्रयोग गरिनु हिन्दु धर्मको अपमान भएको ठहर गरेको छ ।

रेखाले भने यस विषयमा फिल्म भित्र धर्ममा आँच आउने कुनै प्रकारले वस्त्रको प्रयोग नगरिएको बताएकी छिन । सविर श्रेष्ठले यो फिल्मलाई निर्देशन गरेका हुन् । विशेष गरी मजुदुरको बोली बोल्ने यस फिल्मले टेम्पो चालक महिलाको कथा उठाएको छ । फिल्म चैत्र २६ बाट अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)