६ वटा फिल्म खेलेकी खुश्वुको छैन चर्चा, बाजेको पालाबाट मार्क हुने आशा


Filmy Kura, Mar 28, 2016 at 5:08 pm

khusbuनवनायिका खुश्वु खड्काले ६/७ वर्ष भइसक्यो नेपाली फिल्ममा संघर्ष गरेको । नाम र दाम दुवैको आशा राखेर रंगिन दुनिया भित्रिएकी यि नायिकाले हाल सम्म ६ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् तर दर्शक समक्ष अझै मार्क हुन सकेकी छैनन् । विगतको घडिलाई संघर्ष मान्ने खुश्वुले ‘उहिले बाजेको पालामा’ नामक फिल्मबाट ठूलो आशा मात्र राखेकी छैनन् यसबाट दर्शकमाझ आफू चिनिने समेत विश्वास उनमा छ ।

uhelay-baja-ko-palamaआज एक कार्यक्रमका बीच पत्रकार भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको ट्रेलर र अडियो क्यासेट सार्वजनिक गरेको छ । वास्तविक नेपालीपन बोकेको विषयमा तयार फिल्मले हाम्रै परम्परा, कला, संस्कृति, सम्भयता र मौलिकता झल्काउने निर्माण पक्षले बताएको छ ।फिल्मका हिरो दिलिप रायमाझी हाल अमेरिकामा रहेका छन् । नविन श्रेष्ठ, कमल गाउले, गणेश बेलवासे अभिनित यो फिल्मलाई बसन्त जि.एम. ले निर्देशन गरेका हुन् ।

सुनिल मानन्धर निर्मित फिल्म बैशाख २४ गते उपत्यकामा रिलिज हुदैछ भने उपत्यका बाहिर जेठ ७ मा रिलिज हुनेछ । गणेश बेलवासेको लेखन रहेको फिल्ममा विपिन आचार्यको संगीत, भरत क्षेत्रीको एक्शन, हरिनारायण चौधरीको छायांकन रहेको छ । जी फाइफ ग्रुप डी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा चेतन कोइराला र यादव सैघालीले लगानी लगाएका छन् । 

हेर्नुस् यस्तो बनेको छ फिल्मको ट्रेलर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)