छविको किस्मत सर्दा सर्दै दशैमा


Filmy Kura, Mar 29, 2016 at 4:26 pm

gopal-xabirajपटक पटक गरी दुई चोटी सम्म डेट तय गरेर पनि रिलिज फिक्स हुन नसकेको फिल्म ‘किस्मत २’ अब भने ०७३ सालको बडा दशैँलाई मध्यनजर गर्दै असोज २१ बाट देशव्यापी प्रदर्शनमा आउने पक्का भएको छ । यस अघि चैत्र २६ लाई रिलिज लक्ष्य राखेको फिल्म ४ महिना धकेलिदै श्रावण २८ गते आउने तय भएको थियो तर यो डेटमा पनि खास उपलब्धि हासिल गर्न नसकिने देखिएपछि निर्माण पक्षले बडादशै विकल्प ठानेको हो ।

kismat
फिल्मको रिलिज डेट पुष्टि गर्दै वितरक गोपाल कायस्थले फेसबुकमा लेखेका छन् । निर्माता छविराज ओझाको यस फिल्म ‘किस्मत’ को सिक्वेल हो । फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । ‘किस्मत २’ मा नायिका शिल्पा पोखरेलको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)