अनमोलको जन्मदिनमा गाजलु मुहार


Filmy Kura, Mar 30, 2016 at 12:06 pm

anmol-kc

नायक अनमोल केसीको आज जन्मदिन हो । सन् १९९४ सालमा जन्मिएका यि युवा हिरो आजबाट २३ औँ वर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसर पारी उनी अभिनित चौथो बहुप्रतिक्षित फिल्म ‘गाजलु’ को पहिलो मुहार सार्वजनिक गरिएको छ । ‘गाजलु’ को पहिलो मुहारमा अनमोल र सृष्टिलाई देख्न सकिन्छ । बुबा भुवन केसीको पथ समाउदै फिल्म नगरीमा नम्वर वान हिरोको रुपमा आफूलाई चिनाउन सफल नायक अनमोल युवापुस्ताका ढुकढुकी हुन् ।

gajalu-first-look

निर्माता रोहित अधिकारको लगानी रहेको ‘गाजलु’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् । हेमराज यस अघि ‘होस्टेल’ र ‘जेरी’ जस्तो हिट फिल्म दिने निर्देशकमा पर्छन् । अनमोल सँगै सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी लगायतको अभिनय फिल्ममा रहेको छ । अनमोलको केही समय अघि रिलिज फिल्म ‘ड्रिम्स’ ले फिल्मी बजारमा अनपेक्षित व्यापार गरेर तहल्का मच्चाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)