फिल्म नखेल्ने घोषणा गरेकी छुल्ठिम ‘बमकाजी’ बनेर आउदै


Filmy Kura, Mar 30, 2016 at 1:37 pm

xulthimनायिका छुल्ठिम गुरुङले केही समय अघि फिल्म नखेल्ने घोषणा गरेकी थिइन् । ‘नोभेम्बर रेन’ हिरोइन छुल्ठिम गुरुङले पहिलो र अन्तिम फिल्म नै यहि हो भन्दै हिडिन् पनि तर अहिले यिनै नायिका एउटा नयाँ फिल्म ‘बमकाजी’ खेल्न तयार भएकी छिन् ।

लिखित एग्रिमेन्ट गर्न बाँकी रहेपनि मौखिक सहमति जुटिसकेको ‘बमकाजी’ निर्माण यूनिटले बताएको छ । फिल्ममा छुल्ठिम सँगै सौगात मल्ल, बुद्धि तामाङ रहने पक्का भइसकेको छ । बाँकी कलाकारको चयन छिट्टै गरिने निर्माण पक्षको भनाइ छ । परिच्छेद सेनको लेखन रहने फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गर्नेछन् । आगामी जेठको अन्तिम साताबाट फिल्म सुटिङ फ्लोर उत्रने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)