गाजलुको ट्रेलर रिलिज, एउटै प्रकारको चरित्रमा अनमोल


Filmy Kura, Apr 14, 2016 at 4:34 pm

anmolनेपाली फिल्म ‘गाजलु’ को ट्रेलर रिलिज गरिएको छ । हेमराज विसी निर्देशित यो फिल्म जेठ २८ मा रिलिज हुदैछ ।

लगातार तीन फिल्मबाट उल्लेख्य दर्शक बटुलेका नायक अनमोल केसीको ‘गाजलु’ मा प्रमुख भूमिका छ । यस अघिका फिल्ममा झै अनमोललाई लभर ब्याईका रुपमा देख्न सकिन्छ । यो विषयमा फिल्मीकुरा सँग गफगाफ गर्दै नायक अनमोलले विगत झै यसमा पनि एउटै प्रकारको चरित्रमा रहेको स्विकार गरेका छन् । तर अब यो भन्दा डिफरेन्ट क्यारेक्टरमा काम गर्न मन लागेको उनले खुलासा समेत गरे ।

‘गाजलु’ मा युथ हिरोको हाबी रहेको छ । अनमोल सँगै सलोन बस्नेत र गौरव पहारीको अभिनय फिल्ममा हेर्न सकिन्छ । आजको प्रेस मिटमा माहोल यस्तो भइदियो कि मिडियाले केबल अनमोललाई पछ्याई रहदा सलोन र गौरव हल बाट बाहिर निस्कने वा बसिरहने अन्योलमा परे । यद्धपि यो फिल्मबाट यि दुई हिरोले पनि राम्रो आशा गरेका छन् दर्शकमाझ छाप छोड्न सकिन्छ भन्ने ।

मिस नेपाल समेत रहेकी सृष्टि श्रेष्ठले यहि फिल्मबाट नेपाली रजतपटमा पाइला अघि बढाएकी छिन् । एक कुमारी चरित्रमा रहेको बताउने सृष्टिले अनमोलका कारण आफू हाइलाइटमा आइरहेको कुरालाई अस्विकार गरेकी छिन् । उनले भनेकी छिन्, ‘मलाई नाटक र सिनेमामा आउन खुब इच्छा थियो । संयोग यस्तो मिल्यो अनमोल सँग स्क्रिन सेयर गर्न पाए । तर म आफ्नै कामले चिनिन चाहान्छु न कि अनमोेलको नाम जोडिएर भन्दा पनि ।’

एक कुमारी जीवन व्यतित पछि कसै सँग प्रेम गर्न पाइन्छ कि पाइदैन भन्ने मूल विषयमा फिल्म केन्द्रित छ । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । लगभग १ करोड लगानीमा तयार यो फिल्मले सोचे अनुरुप विजनेश गर्नेमा उनी ढुक्क छन् ।

हेर्नुस् गाजलुको ट्रेलर यस्तो बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)