२०७३ मा यी दुई फिल्मले गर्नेछन् पहिलो रिलिज थालनी


Filmy Kura, Apr 15, 2016 at 3:38 pm

how funny-bato muniko ful

नयाँ वर्षको प्रारम्भ सँगै २०७३ मा पहिलो रिलिज फिल्मको थालनी दुई नेपाली चलचित्रले गर्ने भएका छन् । तीन दुई नेपाली फिल्म हुन् ‘बाटो मूनिको फूल २’ र ‘हाउ फन्नी’ । यी दुवै चलचित्र बैशाख १० मा रिलिज हुदैछ । ‘बाटो मुनिको फूल २’ गायक तथा संगीतकार समेत रहेका यस कुमार निर्मित फिल्म हो । जहा उनको समेत प्रमुख भूमिका रहेको छ । यतिबेला यस कुमार फिल्मको पब्लिसिटी कार्यमा व्यस्त छन् । बाटो मुनिको सिक्वेल हो ‘बाटो मुनिको फूल २’ । सुवर्ण थापा निर्देशित यो फिल्मले जातिय विभेदलाई पर्दामा उतार्ने कोसिस गरेको छ । अझै पनि नेपालका अधिकांश ठाउँमा छुवाछुत प्रथाले जरा गाडेर बसेको पाइन्छ । फिल्ममा यस कुमार, दीलिप रायमाझी, ऋचा शर्मा, अर्पण थापा, बाबु बोगटी, गणेश उप्रेती, अशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

यता सोहि डेटमा कमेडी जनराको फिल्म ‘हाउ फन्नी’ पनि दर्शक माझ आउदैछ । निलु डोल्मा शेर्पाले पहिलो पटक निर्देशन गरेको फिल्मलाई सिचुएशनल कमेडी फिल्मको संज्ञा दिइएको छ । फिल्मको गीत संगीतले भने बजारमा राम्रै छाप छाड्न खोजिरहेको छ । प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, दयाहाङ राई, अनुप विक्रम शाहीको अभिनयले दर्शक कतिको हाँस्न सफल हुने हुन् एक हप्ता कुर्नको विकल्प छैन । फिल्मका सबै कलाकार आ–आफ्नै धुनमा हुँदा यसको प्रचारमा कुनै कलाकार हिडेको भने देखिएको छैन । पूर्व मिस नेपाल माल्भिका सुब्बा निर्मित हाउ फन्नीले कतिको फन गराउला या समय र पैसाको खर्च सँगै टेनशन देला त्यो त अहिले यसै भन्न सकिन्न । हेर्दै जाउ यि दुई भिन्न शैलिको फिल्मले कस्तो खालको ओपनिङ गर्लान् नयाँ वर्षको पहिलो रिलिज फिल्म भएकाले पनि सबैले एक खालको प्रतिक्षा गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)