बैशाख १७ हुने भयो एक्शनमय


Filmy Kura, Apr 15, 2016 at 4:10 pm

jiwan-suraj-sanjog

बैशाख १७ गते दुई नेपाली फिल्म रिलिज हुँदैछन् । संयोग नै मिलेको भन्नुपर्छ ती दुवै फिल्म एक्शन ओरिएन्टेड रहेका छन् । फिल्मको नामबाट नै प्रष्ट हुन सकिन्छ हरेक व्यक्ति सँग जंगिने ‘जंगे’ र कहिले नहार्ने ‘बाजीगर’ । हो यो मितिमा ‘जंगे’ र ‘बाजीगर’ एकसाथ रिलिज हुँदैछन् । उत्कल थापा निर्देशित फिल्म हो ‘जंगे’ । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको ‘जंगे’मा एक्शनका दृश्यले नै दर्शकको मन जित्न सकिने आश निर्माण पक्षको छ । सुशन प्रजापतिको लगानी रहेको ‘जंग’ेमा सुरजसिंह ठकुरी, ऋचा शर्मा, नरेश पौड्याल, शिखा शाही, अनुप बराल आदिको प्रमुख भूमिका रहेको छ । विशेषगरी राणा कालिन प्रधानमन्त्री जंग बहादुर राणको जीवनीलाई आधारित बनाएर निर्माण गरिएको फिल्मले वर्तमान जंगे रुप पर्दामा देखाउन खोजेको छ । मल्टिप्लेक्स टार्गेट फिल्म अहिले निकै प्रतिक्षित बनेको छ ।

उता सोहि मितिमा पुराना फिल्म मेकर शेखर कोइराला निर्मित ‘बाजीगर’ पनि रिलिज हुँदैछ । बाजीगर सिंगल स्क्रिन टार्गेट फिल्म हो । रन्जित राना मगरले फिल्मलाई निर्देशन गरेका छन् । फिल्ममा शेखरका छोरा संजोग कोइरालालाई नायकका रुपमा देख्न सकिन्छ । संजोग सँगै जीवन लुइँटेल, अनु शाहको प्रमुख भूमिका रहेको छ । ०७२ जीवनका लागि फिल्म नफापेको वर्ष रह्यो अब ०७३ मा उनको यो पहिलो रिलिज फिल्मले के कस्तो आशा जगाउन सक्ला हेर्दै जाउ । तथापी जीवन चल्नका लागि पनि अब फिल्म राम्रो चल्नु पर्ने जरुरी देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?