ओल्ड इज गोल्ड भन्दै बेलवासे देश दौडाहमा


Filmy Kura, Apr 15, 2016 at 4:24 pm

ganeshओल्ड इज गोल्ड भन्दै चलचित्र लेखक गणेश बेलवासे अहिले देश दौडाहमा लागेका छन् । अचेल बेलवासे सँगै हास्यकलाकार कमल गाउलेलाई सँग–सँगै भेट्न सकिन्छ । बृद्धबृद्धा बोझ होइनन् इतिहासका श्रोत हुन् भन्दै धेरै पहिले चलि आएको कुरालाई पर्दामा उतार्न खोजिएको फिल्म ‘उहिले बाजेको पालामा’ यहि बैशाख २४ गते उपत्यकामा रिलिज हुँदैछ । यसको मोफसल रिलिज भने जेठ ७ गते गरिने निर्माण पक्षको भनाइ छ ।

विगतका हाम्रै कला, संस्कृति, भेष–भुषा रितिरिवाज फिल्ममा अटाउने कोसिस गरिएको छ । बसन्त जि.एम निर्देशित फिल्ममा स्टोरी राइटर समेत रहेका गणेश बेलवासेको लगानी तथा अभिनय रहेको छ । हाल अमेरिकामा रहेका दिलिप रायमाझीको समेत अभिनय फिल्ममा हेर्न सकिन्छ । फिल्मकी नायिका खुश्बु खड्का हुन् । नविन श्रेष्ठ र कमल गाउलेको समेत अभिनयलाई पर्दामा नियाल्न सकिन्छ । आधुनिक जमानाका युवा बाजेको पालाका घटनालाई हेर्न आउलान् या नआउलान् यसै भन्न त सकिन्न तर यो फिल्मलाई इतिहास सम्झाउने कोसेढुङ्गाका रुपमा लिन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)