के म तिम्रो होइन र को शीर्ष गीत रिलिज


Filmy Kura, Apr 15, 2016 at 5:17 pm

aaryan-mariskaबैशाख ३१ रिलिज लक्ष्य राखेको फिल्म ‘के म तिम्रो होइन र’ को टाइटल सङ रिलिज गरिएको छ । सार्वजनिक गरिएको गीतमा प्रेमका कुरा गरिएको छ । बसन्त सापकोटा र तारा प्रकाश लिम्बुले संयुक्त रुपमा संगीत भरेको गीतलाई गायक उदित नारायण झा र गायिका अन्जु पन्तले गाएका छन् ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको फिल्मको गीत निकै कर्णप्रिय बनेको छ । डा. कृष्ण हरि बराल र आकाश अधिकारीको शब्द रहेको फिल्मको ट्रेलर भने केही समय पहिले सार्वजनिक गरिएको थियो । रिलिज डेट नजिकिदै जाँदा अहिले पब्लिसिटी तयारीमा निर्माण यूनिट लागि परेको छ । आकाश अधिकारी निर्देशित यो फिल्मको नाम ‘कोहिनुर’ फिल्मको शीर्ष गीतबाट साभार गरिएको हो । विल्कुल नयाँ अनुहार तर कला जगतमा सम्भावना बोकेका आर्यन अधिकारी र मरिस्का पोखरेलको फिल्ममा प्रमुख भूमिका रहेको छ ।

यम थापाको पटकथा संवाद रहेको ‘के म तिम्रो होइन र’ लाई सुरेश अधिकारीले निर्माण गरको हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

फिल्म गोर्खेको गीत रिलिज (भिडियो सहित)
मारुनीको एक साताको कमाई यस्तो, स्टारकास्ट भन्दा कन्टेन्टमा दर्शकको विश्वास
सौगात-श्रृष्टि स्टारर पोइ पर्‍यो काले फिल्मको शीर्ष गीत रिलिज (भिडियो)
नायक किशोरको एक्सनले भरिएको शिवा ट्रेलर सार्वजनिक (भिडियो)