किस्मत २ को कलरफूल पोस्टर सार्वजनिक
Filmy Kura, Apr 15, 2016 at 5:34 pm
वडा दशैमा रिलिज हुने फिल्म ‘किस्मत २’ को कलरफूल पोस्टर सार्वजनिक गरिएको छ । नायिका शिल्पा पोखरेल फिचर भएको यो पोस्टरमा किशोर खतिवडा र पृथ्वी राज पनि अटाएका छन् ।
छविराज ओझा निर्मित फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । असोज २१ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्म ‘किस्मत’ को सिक्वेल हो । हिट फिल्म ‘किस्मत’ झै यसले पनि व्यापार गर्नेमा निर्माण पक्ष ढुक्क छ ।
छविराजले लगातार नायिका शिल्पा पोखरेललाई मात्र लिएर फिल्म बनाइ रहेका छन् । उनी शिल्पालाई दोस्रो रेखा थापा बनाउन चाहन्छन् । नभन्दै शिल्पालाई छविको फिल्ममा मात्र लक लागेको देखिन्छ । उनले अभिनय गरेको करिष्मा मानन्धर निर्मित ‘फागु’ फ्लप भएपछि करियरमा धक्का लाग्ला भन्ने ठूलो डर बोक्दै शिल्पा छविकै क्याम्पमा मात्र सिमित हुने सोचमा समेत छिन् ।
Leave a Reply