हप्तैपिच्छे ऋचा


Filmy Kura, Apr 16, 2016 at 10:18 am

richa-sharmaअरु नायिका भन्दा क्यारेक्टर वाइज केही फरक गर्न रुचाउने अभिनेत्री ऋचा शर्मा हप्तैपिच्छे दर्शकमाझ भेट गर्न आउदैछिन् । यो उनको लागि सुनौलो अवसर पनि हो । नयाँ वर्ष २०७३ को प्रारम्भ सँगै पहिलो रिलिज थालनी गर्ने फिल्म ‘बाटो मुनिको फूल २’ मा जुनेली परियारका रुपमा ऋचाले हल प्रवेश गर्नेछिन् । जहाँ ऋचाको जोडीका रुपमा कुनै समयका स्टार दीलिप रायमाझीलाई देख्न सकिन्छ । यो फिल्म विशेषत जातिय भेदभाव र छुवाछुतमा केन्द्रित छ ।

त्यसको एक साता पछि फेरि उनै ऋचा अभिनित फिल्म ‘जंगे’ देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘जंगे’ मा पनि ऋचाले दर्शकका निमित्त केही नौलो अनुभूत हुने चरित्र निभाएकी छिन् । अघिल्लो साल ऋचाका लागि त्यति फलदायी भएन भन्दा फरक नपर्ला । ‘को आफ्नो’ बाट निराशा व्यहोर्नु परेपछि यि दुई फिल्मबाट उनी नयाँ वर्षको प्रारम्भ मै सबैलाई आफ्नो बनाउने दाउमा छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)