दीलिपको मनै लोभ्याउने डान्स (भिडियो सहित)


Filmy Kura, Apr 16, 2016 at 11:34 am

dilip-richaकमैलाई मात्र थाहा छ अभिनयमा भन्दा नृत्यमा नायक दीलिप रायमाझी पारङ्गत छन् भन्ने कुरा । हुन त नृत्य निर्देशकको सोचमा भर पर्छ कुन कलाकारलाई कसरी नचाउने । हाल अमेरिकामा रहेका यि नायक पुनः फिल्म नगरीको नशाले नेपाल फर्केलान् या नफर्केलान् यसै भन्न सकिन्न तर उनले अभिनय गरेको फिल्म भने नेपालमा धमाधम रिलिज हुदैछ । बैशाख १० र २४ दीलिप अभिनित दुई फिल्म ‘बाटो मुनिको फूल २’ र ‘उहिले बाजेको पालामा’ रिलिज टेबलमा छन् ।

‘बाटो मुनिको फूल २’ को एक गीतमा यि नायकले मनै लोभ्याउने डान्स गरेका छन् । यश कुमारको शब्द, संगीत तथा गायनमा तयार यो गीतको भिडियो हेर्दा लाग्छ दीलिपको डान्सिङ स्टेप तारिफ योग्य छ । नृत्य निर्देशक गोविन्द्र प्रभातले नायक दीलिपलाई गजबैले नचाएका छन् । यो भिडियोलाई यूट्युवमा मात्र ७७ हजारले हेरिसकेका छन् । ‘ए माया तिम्रो’ बोलको गीतमा आफ्नी प्रेमीकालाई प्रश्न सोध्दै फकाउदै गरेका दीलिपको जोडीका रुपमा भने अभिनेत्री ऋचा शर्मालाई देख्न सकिन्छ ।

सुवर्ण थापा निर्देशित फिल्ममा दीलिप, ऋचा सँगै गायक तथा संगीतकार समेत रहेका यश कुमार, बाबु बोगटी, गणेश उप्रेती, अशिष्मा नकर्मीको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)