शिल्पा र नीता नकाबमा


Filmy Kura, Apr 19, 2016 at 9:06 am

nita-silpaजेठ पहिलो साताबाट सुटिङ फ्लोर उत्रने ‘नकाब’ फिल्ममा नायिका शिल्पा पोखरेल र नीता ढुङ्गाना एक साथ देखिने भएका छन् । ‘फागु’ फिल्मबाट रङ छर्न नसकेकी शिल्पा र ‘फूलै फूलको मौसम तिमीलाई’ बाट फूल फूलाउन असफल नीताको कामले ‘नकाब’ मा विशेष महत्व राख्ने छ ।

nakabरोशन श्रेष्ठले निर्देशन गर्ने फिल्ममा बारम्बार असफलताको स्वाद चाखिरहेका हिरो सविन श्रेष्ठ प्रमुख भूमिकामा रहनेछन् । हुनत दर्शकले शिल्पा र सविनको कामलाई ‘हवल्दार सुन्तली’ मा रुचाइ सकेका छन् । यद्धपि बाघ निर्माता छविराज ओझाको फिल्म बाहेक सविन र शिल्पा अभिनित अन्य फिल्महरु सुपर फ्लप भएका छन् । यता नीताको हालत पनि उस्तै छ । चुरीफुरी धेरै भए पनि अन्तत उनी पनि सेलाएकी छिन् ।

आर्टिस्ट् वाइज रोशन श्रेष्ठको निर्देशकिय क्षमता दर्शकको लागि खास मूल्याङ्कन गर्ने बाटो हुनेछ । यी तीन बाहेक फिल्ममा रामकेशर बोगटी, दिनेश जंग, अदिती श्रेष्ठ, जीवन शाहीको अभिनय रहनेछ । ‘नकाब’ का लगानीकर्ता सुनिल कटुवाल हुन् । रामेश्वर कार्कीले छायांकन गर्ने फिल्मका गीतमा राम कार्की र राज कुमारले संयुक्त रुपमा संगीत भर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)