राजेशले जंगिदै भने, ‘हो म खाते आवारा हु’


Filmy Kura, Apr 19, 2016 at 10:13 am

aawaraराजेश ढुङ्गाना एक्शन नायकका रुपमा दर्शकका निमित्त परिचित छन् । तर उनको सक्रियता फिल्म नगरीमा पछिल्लो समय केही घटेको छ । केही समयको ग्याप पछि उनी दर्शकमाझ आफैले निर्माण गरेको फिल्म ‘आवारा’ मार्फत आउदैछन् । बैशाख २४ रिलिज फिल्ममा उनले बोलेको एक डाइलग निकै घत लाग्दो छ ।

उनले जंगिदै भनेका छन्, ‘हो हामी आवारा हौ खाते हौ तर आवारा र खाते रहले होइन बाध्यताले बन्दो रहेछ ।’ राजेश यस फिल्मबाट निकै आशावादी छन् दर्शक साथ पाउनेमा । उनी एक आवाराको भूमिकामा देखिएका छन् । रुकु फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा राजेश र हर्षिकाको मुख्य भूमिका रहेको छ ।

हिमाल केसीको द्धन्द्ध, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । दीनेश पौडेल निर्देशित ‘आवारा’ का लगानीकर्ता उग्रसेन ढुङ्गाना र झमक लामा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार