होमवर्कको अफिसियल टिजर रिलिज, हाल सम्मकै फरक चरित्रमा आर्यन


Filmy Kura, Apr 19, 2016 at 6:13 pm

aryan-sigdelगोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘होमवर्क’ को अफिसियल टिजर रिलिज गरिएको छ । आज यूट्युव मार्फत टिजर आउट गरिएको हो । सार्वजनिक टिजरमा नायक आर्यन सिग्देलको फरक चरित्रलाई विशेष प्राथमिकता दिइएको छ ।

आर्यनले पहिलो पटक वृद्धको भूमिका निर्वाह गरेका छन् । यद्धपि उनको यस फिल्ममा डबल रोल रहेको छ । एक लक्का जवान ठिटो र उसको बुबाको भूमिकामा आर्यन देखिएका छन् । हाल सम्म चकलेटी हिरोको उपमा पाइरहेका आर्यनको यो चरित्रबाट भने दर्शकले केही फरक टेष्ट पाउने अपेक्षा निर्माण यूनिटले गरेको छ ।

आर्यन सँगै नम्रता श्रेष्ठ र गौरी मल्लको फिल्ममा प्रमुख भूमिका रहेको छ । निरक पौडेल निर्देशित फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । रेनशा राईको नृत्य निर्देशन, शिवम अधिकारीको लेखन रहेको ‘होमवर्क’ का लगानीकर्ता निकिता पौडेल र निरज पौडेल हुन् । फिल्म आउँदो जेठ ७ गते रिलिज हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)