नेपाल सरकारले सिने नगरीमा आवद्ध विभिन्न व्यक्तिलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको तपाईलाई कस्तो लाग्यो ?


Filmy Kura, Apr 20, 2016 at 12:49 pm

केही दिन अघि चलचित्र विकास बोर्डको समन्वयमा सञ्चार मन्त्रालय परिसरमा मन्त्री शेरधन राईले १३ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेका थिए । यसको कतिले खुलेर विरोध गरेका छन् त कतिले राम्रो कामको सुरुवात भनेका छन् । फिल्मीकुराले यस विषयमा धेरै चलचित्रकर्मी सँग धारणा बुझ्ने प्रयास गरेको थियो । यस विषयमा कसैले तत्काल केही नबोलौ भने त कतिले आफ्नो स्पष्ट जवाफ दिए । हेरौ कसले के भने जस्ताको तेस्तै  :

group photo

यो धेरै नी राम्रो र गर्वको कुरा हो । बल्ल नेपाल सरकारले फेरि धेरै पहिलेको जस्तो कलाकारलाई सम्मान दिने भयो । अझै बक्स अफिस लागु गरेर निर्माताहरुलाई नी जोगाउने बाटो खोजिदिए अझ कृतज्ञ हुने थियौ हामी चलचित्रकर्मी ।

शिशीर राणा, कलाकार तथा निर्माता

अब कार्ड देखाएर काम खोज्ने । हा..हा..हा ।

किरण माइकल, चलचित्र लेखक

परिचयपत्रको वितरण प्रक्रिया पूर्वक गरिएको छ भने यो सकारात्मक कुरा हो । यस कार्यमा आग्रह र पुर्वाग्रहले स्थान पाउनु हुन्न । नेपालको चलचित्र क्षेत्र विश्व परिवेशमा पुगेता पनि विविध कारणले पेशाकर्मीहरु पिछडिएको अवस्थामा छन् । चलचित्र क्षेत्रले अहिले सम्म पनि उद्योगको मान्यता पाउन सकेको छैन । यस अवस्थाले पेशाकर्मीहरुको उठान र लोकप्रियतामा पनि असर गरिरहेको छ । पेशाकर्मीहरु आफ्नो कर्ममा नियमित छन् तर उचाई र मान्यता भने खासै छैन । यस परिप्रेक्षलाई हेर्दा सरकारले सही पेशाकर्मीलाई परिचयपत्र प्रदान गर्न सक्यो भने त्यसलाई उपलब्धिमूलक मान्नु पर्दछ ।

मोहन निरौला, निर्देशक

राम्रो काम । राम्रो सुरुवात ।

ज्ञानेन्द्र देउजा, निर्देशक

यहाँ फेसबुकमा बुद्ध र मदर टेरेसा अनि चारणमा रावण र सुपर्णखाहरु बजारमा घुम्दैछन् । लालबाबुले जे भनेनी अहिलेको हिट कार्ड चाही ग्रीन कार्ड नै हो र बुढेसकाललाई एटीएम कार्ड, बाँकी कार्ड चाख अनुसार…।

निर्मल शर्मा गैडा, हास्यकलाकार तथा फिल्म निर्देशक

नेपाली चलचित्रलाई व्यवसायिकताका लागि सरकारको स्पष्ट धारणा पहिलो जिम्वेवारी । बक्स अफिस, चलचित्रको प्रदर्शनको गतिलो व्यवस्थापन, योग्य चलचित्रका लागि सरकारका तर्फबाट बजेट विनियोजन, चलचित्रको वर्गिकरण, चलचित्र बनाउदाको आचार संहिता । यस्ता कुरामा ध्यान पु¥याए सम्मान नै यहि हुनेछ । सरकारले दिएको परिचयपत्र उहाँहरु वरिष्ठ हुनुहुन्छ भन्ने मात्र नहोस । जीवनको उत्तरार्धमा छडिको काम पनि गरोस त्यो परिचयपत्रले । विशिष्टलाई शुभकामना ।

नवल नेपाल, निर्देशक

ठिक कुरा हो । भोलिको दिनमा आफ्नो मान्छेले पाउने या सोर्स फोर्स लगाएर पाउने दिन नआओस् । कलाकारलाई परिचयपत्र दिएर सम्मान दिएकोमा खुसी लागेको छ ।

चन्द्र पन्त, द्धन्द्ध निर्देशक


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?
अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?
तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?
हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?