मैदान निर्माताको दाबी, ‘मैले लिएर काम गरेका नयाँ अनुहार अहिले हिट छन्’


Filmy Kura, Apr 20, 2016 at 7:14 pm

हिट नेपाली फिल्म ‘मैदान’ का निर्माता दिलकुमार प्यासीले आफूले निर्माण गरेको फिल्ममा लिने नयाँ कलाकार तथा निर्देशक अहिले आएर हिट भएको दाबी गरेका छन् । साथै उनले यसको क्रेडिट आफूले पाउनु पर्ने समेत बताएका छन् ।

‘मैदान’ कै कुरा गर्ने हो भने त्यतिबेला चलेको अनुहार राजेश हमाल र रेखा थापा थिए तर उनले विराज भट्टलाई पनि लिएर काम गरे । जुन फिल्मले विराजको चार्म एकाएक बढाएको थियो । उनले विराजको सफलता ‘मैदान’ फिल्ममा आएर जोडिएको फिल्मीकुरा सँगको विशेष गफगाफमा बताए । यो फिल्म निर्माणको हिसाबले प्यासीको समेत पहिलो फिल्म थियो ।

kina gare mayaयस पछि उनले दोस्रो फिल्म ‘नशिव आफ्नो’ निर्माण गरे । यसमा त निर्देशक समेत नयाँ लिएर काम गरे । जो थिए चलचित्र लेखक समेत रहेका विकास आचार्य । हाल नम्बर वान फिल्म निर्देशकका रुपमा उनि कहलि सकेका छन् । विकासको डेब्यू निर्देशनमा तयार उक्त फिल्ममा काम गर्ने कलाकार पनि नितान्त नयाँ थिए । उनी हुन् जीवन लुइँटेल । यस हिसाबमा निर्माता प्यासीले आफू निर्मित फिल्मबाट जीवन र विकास हाल आएर हिट भएको स्मरण गरे । यति मात्र हैन उनले अर्को ठूलो चुनौती मोलेर निर्माण गरेको तेस्रो फिल्म ‘किन गरेँ माया’ मा पनि सबै कलाकार नयाँ छन् । जुन फिल्मले जेठ १४ देखि देशव्यापी प्रदर्शनको थालनी गर्दैछ ।

आज पत्रकार तथा सञ्चारकर्मी भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको प्रोमो र गीत रिलिज समेत गरेको छ । निर्माता प्यासीले भनेका छन्, ‘मेरो मूल्याङ्कन विगतका फिल्म हेरेर गर्नुपर्छ । म यो मानेमा ढुक्क छु कि नयाँ अनुहारलाई लिएर विगतका दिनमा काम गर्दा जसरी दर्शकको साथ पाए । फेरि यो तेस्रो प्रयास खेर जाने छैन ।’

यो पटक पनि उनले नयाँ निर्देशकलाई चान्स दिएका छन् । रमेश बोगटी यहि फिल्म मार्फत निर्देशकको चिनारी दिलाउदैछन् । फिल्मको लेखक समेत रहेका दिलकुमार प्यासीले यो पटक आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलान, हरिश तिमल्सिना जस्ता नयाँ अनुहारलाई पर्दामा उतारेका छन् । सिन्धुपाल्चोक, काभ्रे तथा काठमाडौ आसपासमा सुटिङ गरिएको यो फिल्म पूर्णतया लभस्टोरी भएको बताइएको छ । जहाँ माया बसे सँगै विछोड जोडिएको प्रसंग देखाउन खोजिएको छ ।

महेश खड्का र बसन्त सापकोटाको संयुक्त संगीत रहेको फिल्मका गीतमा राजेश पायल राई, दीपक लिम्बु, राज तिमल्सिना, माण्डवी त्रिपाठी जस्ता चर्चित गायक गायिकाको आवाज सुन्न सकिन्छ ।

फिल्मलाई उपत्यकामा गोपाल कायस्थ तथा मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)