युवाको रोजाइमा बाटो मुनिको फूल २


Filmy Kura, Apr 22, 2016 at 2:27 pm

bato muniko ful 2विदेशी फिल्मको गन्ध समेत नआउने नेपाली सामाजिक फिल्म ‘बाटो मुनिको फूल २’ हेर्न विशेष गरी युवा आएका छन् । आज शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको सामाजिक समस्या अन्तर्गत जातिय छुवाछुत र भेदभादको विषयमा निर्माण भएको फिल्म युवालाई मन परेको पाइएको छ ।

खासगरी एस.एल.सी दिएर बसेका विद्यार्थीले समेत फुर्सदको समयमा यो फिल्म हेरेर मनोरञ्जन सँगै सन्देश लिएका छन् । मुखले जति सुकै छुवाछुत हट्दै गएको भनिए पनि मनबाट छुवाछुतले समाजमा अझै जरा गाडेर बसेको दर्दनाक अवस्थामा यो फिल्मले केही हदसम्म ती समाज प्रति चेतना जगाउने अपेक्षा गरिएको छ । फिल्मीकुरा सँग संक्षिप्त कुरा गर्दै यसका निर्माता तथा कलाकार यश कुमारले फिल्मले राम्रो ओपनिङ गरेको बताएका छन् । आज फिल्म लागेको हलमा दर्शकको राम्रै उपस्थिति रहेको छ ।

सुवर्ण थापा निर्देशित यस फिल्ममा गायक समेत रहेका यश कुमार, बाबु बोगटी, दीलिप रायमाझी, ऋचा शर्मा आदि कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)