ऋचा, अशिष्मा र बाबुले पोखे फेसबुकमा खुसी


Filmy Kura, Apr 24, 2016 at 12:31 pm

babu-richaनायिका ऋचा शर्मा, अशिष्मा नकर्मी र नायक तथा गायक बाबु बोगटीले दर्शकबाट पाएको उल्लासमय साथ र हौसलालाई फेसबुकमा सेयर गरेका छन् । बैशाख १० गतेबाट अल नेपाल रिलिज भएको फिल्म ‘बाटो मुनिको फूल २’ का यि कलाकारले शनिबार विभिन्न हल पुगेर दर्शक सँग भेट गरेका थिए । प्राय अधिकांश हलमा यो फिल्मले हाउसफुलको व्यापार गरिरहेको छ । गोपीकृष्ण हल जाँदा कलाकार दर्शकबाट घेरिएका थिए । बिशुद्ध नेपाली पन बोकको यो फिल्मलाई आम नेपाली दर्शकले रुचाएका छन् । फिल्म हेर्ने सम्पूर्ण दर्शकलाई ऋचा र बाबुले धन्यवाद दिएका छन् । साथै अभिनयको पाटोलाई दर्शकले राम्रो भनि प्रतिक्रिया दिएको समेत बताएका छन् ।

6
सामाजिक छुवाछुत र जातिय विभेद जस्तो विषयमा अझै हामी मनबाट चेतनशिल हुन नसकिरहेको वर्तमान अवस्थामा फिल्मले यहि सेरोफेरोलाई फिल्म्याटिक वे ले प्रस्तुत गरेको छ ।

4

यश कुमार फिल्मका प्रस्तुतकर्ता समेत हुन् । यस फिल्मको गीत संगीत पनि निकै कर्णप्रिय बनेको छ । सुवर्ण थापा निर्देशित फिल्मले शनिबारको दिन उत्साह जनक व्यापार गरेपछि यश कुमारमा खुसी छाएको छ । दीलिप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, बाबु बोगटी, यश कुमार, गणेश उपे्रती, टिका पहारी लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)