मन्दिरमा डेटिङ…वाइयात : नायक रमित ढुङ्गाना
यो सेगमेन्टमा हामीले ग्ल्यामर फिल्डमा रहेका विभिन्न व्यक्तित्व सँग उनीहरुको यौन प्रतिको धारणालाई प्रस्तुत गर्ने गर्छौ । यस पटक नायक तथा निर्माता रमित ढुङ्गानाको धारणा बुझ्ने प्रयास गरेका छौ । उनको पछिल्लो निर्माण तथा अभिनय रहेको फिल्म ‘वुद्ध वर्न इन नेपाल’ आगामी जेठ ७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । प्रस्तुत छ रमित सँग गरिएको कुराकानी :
तपाई कतिको वुद्ध जस्तै सालिन हुनुहुन्छ ?
छु । तर कहिले काही गलत गर्ने सँग नराम्रो रिस पनि उठ्छ ।
मान्छे त ह्यान्डसम् हुनुहुन्छ केटी अहिले पनि पछि लाग्छन् होला है ?
छैनन् छैनन् । बिबाहित परे । नत्र चाहि हुँदो हुन्।
कति वर्षको उमेरमा झ्याई पार्नु भो नी ?
फेरि बाल बिबाह गरेछ भन्लान् । म बिहे गर्दा जम्मा १६ वर्षको थिए ।
ओहो ! कति छिटो त ???
के गर्नु त्यति बेला लभ गरेर हिड्ने जमाना कहा थियो र ? हा…हा….
बिहे अघि सेक्स त गरियो होला नी ?
आम्मई कसरी गर्नु । जे हुनु बिहे पछि नै भयो ।
पहिलो सेक्सको अनुभव ?
बिहे भएकै १६ वर्ष भइसक्यो । पहिलो सेक्सको अनुभव त्यति सारो स्मरण छैन ।
काठमाडौँको कुन ठाउँ डेटिङका लागि उपयुक्त हो जस्तो लाग्छ ?
खै, अब त बुढेसकाल लाग्यो जस्तो छ । डेटिङ गइन्न । तर पार्कहरु छन् नी टन्नै । मलाई मन्दिरमा डेटिङ बसेको चाहि वाइयात लाग्छ ।
Leave a Reply