सुनिलले गरे एकसाथ तीन फिल्म निर्माण घोषणा, मिडिया पिपुलसँग सम्बन्ध बिग्रेको अस्विकार


Filmy Kura, Apr 27, 2016 at 10:34 am

सफल फिल्म दिने निर्माताको रुपमा परिचय स्थापित गरेका सुनिल रावलले मंगलबार तीन फिल्म निर्माणको घोषणा गरेका छन् । यहि वर्ष भित्र निर्माण हुने ती तीन फिल्म हुन् ‘सायद २’, ‘लाउरे’ र ‘लभ नम्वर’ ।

group
सायद २
ब्लक बस्टर हिट फिल्म ‘सायद’ को सिक्वेलको रुपमा निर्माण गर्न लागिएको हो ‘सायद २’ । लभस्टोरी जनराको यो फिल्म बलिउड फिल्म निर्देशनको अनुभव संगालीसकेका पुष्पराज न्यौपानेले लेखन निर्देशन गर्दैछन् । सुशील श्रेष्ठ, कुशल पाण्डे, अमृत ढुंगाना, सुशील सिटौला, किरण शर्मा लगायतको यस फिल्ममा अभिनय रहनेछ । दुर्गिश फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा सुनिल रावल, इश्वर श्रेष्ठ, सुभाष लामिछानेको लगानी रहनेछ ।

susil---

लाउरे
आगामी असार २३ गतदेखि सुटिङ फ्लोर उत्रने भनिएको सुनिलको अर्को ड्रिम प्रोजेक्ट हो ‘लाउरे’ । निगम श्रेष्ठले निर्देशन जिम्वेवारी सम्हालेको यो फिल्ममा विक्रम सिंह र सलिनमान बानियाँ प्रमुख कलाकारका रुपमा छनौट भएका छन् । अन्य कलाकारको टुंगो लाग्न बाँकी छ । निगमले यस अघि ‘छड्के’ फिल्म निर्देशन गरेका थिए । निगमको चर्चा चुलिनुमा ‘छड्के’ फिल्मको ठूलो हात छ ।

2

तस्बिर : राजेश केसी

लभ नम्बर
यसै वर्ष निर्माण गर्न लागिएको अर्को फिल्म हो ‘लभ नम्बर’ । फिल्मलाई केशव पाण्डेले निर्देशन गर्नेछन् । सुनिल रावल, मनोज अधिकारी, इश्वर श्रेष्ठको संयुक्त लगानी रहने फिल्मका लागि कुनै पनि कलाकार हाल तय भएका छैनन् । शिर्षकले नै प्रष्ट पार्छ कि यो पनि लभस्टोरी जनराको फिल्म हो ।

मिडिया पिपुलसँग सुनिलको सम्बन्ध
पछिल्लो समय निर्माता सुनिलको मिडियाकर्मी सँग नराम्रो सँग सम्बन्ध बिग्रेको चर्चा छ । यो प्रश्न फिल्मीकुराले उनी समक्ष राख्दा घुमाउरो शैलिमा सुनिलले बाहिर सुनिए जस्तो सम्बन्ध प्रगाढ पनि नभएको र बिग्रेको भन्ने पनि नभएको बताए । उनले सबै मिडियाकर्मीलाई फिल्म निर्माण घोषणा सेरोमनीमा निमन्त्रणा गरेको भएपनि कतिपय नआएको कुरालाई भने स्विकार गरे । ‘मैले सबैलाई बोलाएको हुँ । व्यस्तताका कारण पनि नआएको हुनसक्छ ’ सुनिलले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?