सन्तोष निर्मित फिल्म नखेल्ने पुजाको भनाइ, प्रदीपलाई ह्याबिट सुधार्न सुझाव


Filmy Kura, Apr 27, 2016 at 11:36 am

puja-sharmaयतिबेला सबै भन्दा बढी बेदना कुनै नायिकालाई परेको छ भने त्यो नायिका पुजालाई नै परेको छ । सन्तोष सेन निर्मित दुई फिल्म ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’ मा लिड क्यारेक्टर गरेकी पुजाले अब आइन्दा सेनको कुनै पनि प्रोजेक्टमा काम नगर्ने बताएकी छिन् ।

‘प्रेमगीत’ को नेपाल प्रदर्शन पश्चात विदेशका विभिन्न ठाउँमा शो गर्ने क्रममा एकपटक छलफल समेत नगरी हिरोलाई च्यापेर निर्माता लागेपछि यता पुजा तनावमा परेकी हुन् । उनले भनेकी छिन्, ‘प्रेमगीतको सफलतामा मेरो पनि हात जोडिएको छ । तर मलाई एकपटक नसोधि प्रदीपलाई लगेर फिल्म शो गरिरहेका रहेछन् । म चाही फिल्मको कलाकार नै होइन जस्तो । दिनहु फेसबुकमा फोटो राखिरहेका हुन्छन् । मलाई त्यो फोटो हेर्दा हर्ट हुन्छ त्यसैले मैले फेसबुकबाट उनीहरुलाई हटाएको छु ।’

अग्रनाइजेशनले मलाई चाही फिल्म शोमा नबोलाउने भन्ने कुरा हुदैन पुजाले भनेकी छिन्, ‘फिल्म सफल हुनुको पछाडि निर्देशक देखि सबैको क्रेडिट रहन्छ तर निर्माता सन्तोष सेनले त्यो कुरा बुझ्न सकेनन् ।’ उनले आगामी दिनमा सन्तोष सेन सँग कुनै पनि सहकार्य हुन नसक्ने बताएकी छिन् ।

प्रदीपको ह्याबिट

‘प्रेमगीत’ को लागि प्रदीपलाई अफर आफूले गरेको पुजाले बताएकी छिन् । सिनेजोन स्टुडियोमा एक फिल्म प्रोडक्शन भइरहेका बेला प्रदीप सँग भेट भएको र झट्ट हेर्दा काम गर्न सक्छ जस्तो लागेर आफूले नै कुरा अगाडि बढाएको उनको भनाइ छ । यता पनि ठिक्क उता पनि ठिक्क पार्ने प्रवृत्ति प्रदीपमा रहेको भन्दै उनले ह्याबिट सुधार्न सुझाव दिएकी छिन् । एक इभेन्टमा पार्टिसिपेन्ट भएकी पुजा फिल्मीकुरा सँग यसरी खुलिन कि उनको वेदना एकैछिनमा छरपस्ट भए । कमैलाई थाहा होला नायिका पुजा एक प्रतिष्ठित डाक्टरको छोरी हुन् । घरमा यो पेशालाई नरुचाउदा नरुचाउदै उनले फिल्म क्षेत्र अंगालेकी हुन् । सम्भावना बोकेकी पुजाको आगामी फिल्मी करियर कतातिर मोडिएला हेर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)