सोचे जस्तो छैन फिल्म क्षेत्र : मिस मंगोल सपना


Filmy Kura, Apr 28, 2016 at 5:24 pm

sapana-rokaएउटा गीत छ ‘सोचे जस्तो हुन्न जीवन’ । जीवन जस्तै बाहिरबाट हेर्दा रंगीचङ्गी लाग्ने फिल्म क्षेत्र पनि सोचे जस्तो नभएको पूर्व मिस मंगोल सपना रोक्काले बताएकी छिन् ।

उनलाई नलागोस् पनि कसरी डेब्यू फिल्म नै रिलिज भएन् । उनि सम्झिन्छिन्, ‘जापान बस्ने प्रोडुसरले त्यो फिल्म बनाउनु भएको हो । मलाई अप्रोज गर्ने भने एक जना संगीतकार थिए । आशा धेरै गरेको फिल्म नै हलमा आएन ।’ त्यो फिल्मको नाम भने ‘डू यू लभ मि’ हो ।
सन् २०१२ को मिस मंगोल सपना नाम जस्तै सपना सजाएर कला क्षेत्रमा होमिइन् । उनी सामाजिक काममा पनि निकै सक्रिय छिन् । सन् २०१३ देखि फिल्म मोहले उनलाई यसरी तान्यो कि धेरै गर्न सक्छु भन्ने विश्वास एकाएक हाबी भयो । सपनाले ४ वटा म्यूजिक भिडियोमा पनि मोडलिङ गरेकी छिन् । पहिलो गास मै ढुङ्गा भने जस्तो डेब्यू फिल्म नै प्रदर्शन नभएपछि उनी केही तनावमा भने अवश्य रहिन् । बीचमा केही फिल्मबाट अफर आएको उनी स्मरण गर्छिन् । त्यसको केही समय पछि भने ‘उहिले बाजेको पालामा’ भन्ने फिल्मबाट अफर आयो । निर्देशक बसन्त जि.एम. ले मंगोलियन फेस भएको कलाकारको खोजी गर्दा सपना रोक्का फिट हुने देखेपछि अफर गरे । यो अफरलाई स्विकार गरी सपनाले फिल्ममा काम गर्न राजी भइन् ।

सुटिङ ताका सल्यानको त्यो पहाडी भेगमा टन्टलापुर घाममा खटेको अझै सपनाको दिमागमा आइरहन्छ । काम गरे अनुसार नतिजा पाइ हाल्न पनि गाह्रो । दुई घण्टाको फिल्म हेराई पछि छ्या यो झुर फिल्म बन्न सजिलो छ तर त्यसको लागि कलाकार र निर्माण यूनिटको खटाई कति हुन्छ त्यो मूल्याङ्कन कहिले गर्ने ?? उनी प्रश्न गर्छिन् । सपनाले अझै पनि धेरै सपना सजाएकी छिन् फिल्म क्षेत्रमै केही गर्ने । एक्टिङ र डान्स क्लास गरिरहेकी उनी बैशाख २४ गते रिलिज हुने फिल्म ‘उहिले बाजेको पालामा’ बाट निकै आशावादी छिन् । उनी भन्छिन्, ‘हुन त मेरो त्यस्तो क्यारेक्टर छैन टर्निङ प्वाइन्ट कै रुपमा काम गर्ला भन्ने तर पनि मैले अभिनय गरेको फिल्म हो आशा अवश्य छ ।’

नायक दीलिप रायमाझी सँग काम गर्न पाउदा खुसी लागेको बताउने उनी दीलिपको फ्रेन्ड्ली बिहेभ् निकै मन परेको भन्न पछि परिनन् । हाम्रै कला, संस्कृति, भेषभुषा, रितिरिवाजलाई यो फिल्ममा देखाउने कोसिस गरिएकाले एकपटक आम नेपालीलाई ‘उहिले बाजेको पालामा’ फिल्म हेरिदिन सपनाले अनुरोध गरेकी छिन् ।

आगामी दिनमा अझ आफूलाई अभिनय र नृत्यमा अब्बल तुल्याउदै अगाडि बढ्ने सोच सपनाको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)