साहित्यकार ज्ञानुवाकरले गरे फिल्म हेर्न आह्वान


Filmy Kura, Apr 28, 2016 at 6:00 pm

gyanuwakarसाहित्यकार ज्ञानुवाकर पौडेल फिल्मको कार्यक्रममा कमै अतिथिको रुपमा पुगेको पाइन्छ । बिहिबार भने एक फिल्मको कार्यक्रममा प्रमुख अतिथिका रुपमा देखिए ज्ञानुवाकर ।

समारोहलाई सम्बोधन गर्दै साहित्यकार पौडेलले दिल खोलेर एक फिल्म हेर्नको लागि आह्वान नै गरे । उक्त फिल्मको नाम हो ‘उहिले बाजेको पालामा’ । उनले भने, ‘यो फिल्मको शिर्षकबाट नै प्रष्ट हुन सकिन्छ कि यसले हाम्रै पिता पुर्खाको भोगाईलाई बोल्न खोजेको छ । सशक्त विषयमा फिल्म निर्माण भएकाले यो फिल्म एकचोटी सबैले हेर्नैपर्छ जस्तो मलाई लाग्छ र हेर्नको लागि समेत म अनुरोध गर्दछु ।’
उनले कलाकारको प्रसंग निकाल्दै फिल्ममा अभिनय गर्ने नविन श्रेष्ठको तारिफ गरे । खलपात्र बनेर देखिने नविनको अभिनय जीवन्त भएको ज्ञानुवाकरको भनाइ थियो । टिकट काटेरै फिल्म हेर्न इच्छुक भएको बताउदै ज्ञानुवाकरले कला र संस्कृति पेश गर्ने यो फिल्म कोसेढुङ्गाको रुपमा रहने विचार व्यक्त गरे ।

गणेश बेलवासे प्रस्तुत यो फिल्ममा दीलिप रायमाझी, खुश्वु खड्का, सपना रोक्का, नविन श्रेष्ठ, कमल गाउलेले अभिनय गरेका छन् । बसन्त जि.एम. निर्देशित यो फिल्म बैशाख २४ गते उपत्यकामा र जेठ ७ मोफसलका हलमा रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)