हट जेनिशा ‘एक्शन’ मा सोझी युवती


Filmy Kura, Apr 28, 2016 at 6:23 pm

jenishaप्राय फिल्ममा हट एण्ड सेक्सी अवतारमा प्रस्तुत हुने नायिका जेनिशा केसी ‘एक्शन’ फिल्ममा भने सोझी युवतीको भूमिका छिन् । बिहिबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै जेनिशाले भनिन्, ‘फिल्ममा म गाउको सोझि युवतीको भूमिकामा छु । आशा छ यो क्यारेक्टरलाई पनि तपाईले रुचाइदिनु हुनेछ भन्ने ।’

चिरायु फिल्मस् प्रा.लि. को व्यानमा निर्मित फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन् । ‘एक्शन’ फिल्ममा कुनै जमाना एक्शन किङको रुपमा आफ्नो छवि स्थापित गरेका नायक शिव श्रेष्ठको समेत प्रमुख भूमिका रहेको छ । समारोहमा शि श्रेष्ठ भने अनुपस्थित थिए । जेठ १४ गतेदेखि रिलिज हुने फिल्मले राज्यको जिम्वेवार निकायलाई घचघचाउने देखि हाल भइरहेका विभिन्न समस्यालाई उजागर गर्ने प्रयास गरेको छ । शर्मिला तामाङ र दीपेन्द्र कोइरालाको लगानीमा तयार भएको फिल्ममा कुमार महर्जनको द्धन्द्ध रहेको छ ।

प्रल्लाद बोगटीको संगीत, गोविन्द प्रभात र रामप्यासीको नृत्य निर्देशन रहेको फिल्ममा शिव र जेनिशा सँगै कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुँरागाई, अभिरुची बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)