रातो सारीमा ऋचा, प्रिमियर पछि मिल्यो प्रशंसा


Filmy Kura, Apr 29, 2016 at 11:50 am

richa-surajनायिका ऋचा शर्मालाई सारी र चोलीमा कमै भेटिन्छ फिल्मको पर्दामा बाहेक, तर बिहिबार आफू अभिनित ‘जंगे’ प्रिमियरमा उनि रातो सारीमा सजिएर आइन् । बैशाख महिना मै भदौको झल्को मिल्यो । कारण भदौ महिना नारीमय हुने गर्छ तीज पर्ने भएकाले जुन महिना रातो सारीको प्रयोग ज्यादा हुन्छ । रातो सारीमा निकै ब्यूटि देखिएकी ऋचाले गरेको ड्रेसअप फिल्ममा पनि देख्न सकिन्छ । महारानीको नेगेटिभ क्यारेक्टर निभाएकी ऋचालाई प्रिमियर शो हेरिसकेपछि भने प्रशंसा मिलेको छ ।

हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, नायिका निशा अधिकारी, प्रियंका कार्कीले फिल्मको खुलेर प्रशंसा गरेका छन् । जंगेको चरित्र निभाएका सुरजसिंह ठकुरीको रिसाहा लुक्स दीपाश्रीलाई निकै मन परेको पाइएको छ । एउटै सेरोफेरोमा कथा घुमिरहेपनि एक्सन पार्ट सबल हुदा प्रिमियर हेर्ने सबैले इन्जोए लिएका छन् ।

आज शुक्रबार देखि देशव्यापी प्रदर्शन भएको फिल्मले बिहानी शो मा मल्टिप्लेक्स हलहरुमा आक्रामक ओपनिङ गरेको छ । सुशन प्रजापति निर्मित फिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन् । सुरज र ऋचा सँगै फिल्ममा नरेश पौड्याल, अनुप बराल, नाजिर हुसेन, शिखा शाहीको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)