नीर शाहको ग्राण्ड प्रोजेक्ट परिच्छेद सेनले निर्देशन गर्ने


Filmy Kura, Apr 29, 2016 at 1:01 pm

parixed-nirनेपाली चलचित्र क्षेत्रका एक हस्ती नीर शाह अर्को फिल्म निर्माण गर्दैछन् । ‘सेतो बाघ’ पछिको उनको निर्माण रहने ग्राण्ड प्रोजेक्ट यस अघि थुप्रै फिल्ममा सहायक निर्देशक भएर काम गरि सकेका परिच्छेद सेनले निर्देशन गर्ने पक्का भएको छ ।

फिल्मको नाम अहिले तय नभएपनि नीर शाह र परिच्छेद बीच एग्रिमेन्ट भइसकेको छ । नीर शाहको व्यानरमा निर्देशकका हिसाबले काम गर्न पाउनु ठूलो अवसर र चुनौती दुवै भएको परिच्छेद सेनले बताएका छन् । यतिबेला स्क्रिप्टको काम भइरहेको र चाडै नै कलाकार चयन गर्ने तर्फ लाग्ने निर्देशक सेनले फिल्मीकुरालाई बताए ।

को हुन् परिच्छेद सेन
नीर शाहको ‘मसान’ र ‘सेतो बाघ’ फिल्ममा सहायक निर्देशक भएर सँगै काम गरेका परिच्छेद सेन फिल्म क्षेत्रमा लागेको ८ वर्ष भएको छ । उनले यो अवधिमा २५ हाराहारीका फिल्ममा असिस्टेन्स् डाइरेक्टर भएर कुशलता पूर्वक काम गरिसकेका छन् । ८ वर्षको अनुभव पश्चात भने उनि निर्देशनमा हात हाल्दै छन् । अहिलेका चलेका निर्देशक विकास आचार्यको समेत उनले असिस्टेन्स् भएर काम गरेका छन् । परिच्छेदको यो डेब्यू निर्देशन हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)