खुसुक्क हल छिरे तीन फिल्म, स्व. श्री देखि सुनिल थापा सम्मको अभिनय


Filmy Kura, Apr 1, 2016 at 4:55 pm

filmफ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार देखि यस अघि दर्शकले नाम समेत नसुनेका तीन नेपाली फिल्म रिलिज भएका छन् । होहल्ला र बिना प्रचार खुसुक्क हल छिर्ने यि तिन फिल्म हुन् ‘लक्की सेभेन’, ‘जन्मभूमि’ र ‘इन्द्रावती’ । बिहानी शो को माहोल बुझ्न फिल्मीकुरा प्रतिनिधी काठमाडौका विभिन्न हल पुग्दा दर्शक चाप कुनै फिल्ममा थिएन ।

फिल्मको नाम लक्की भएपनि दर्शकको उपस्थिती पातलिदा यसले कुनै लक लगाउन सकेन । अनि भइदियो अनलक्की सावित । बिएस बलामीको परिकल्पनामा तयार फिल्मलाई दिनेश राज शर्माले निर्देशन गरेका हुन् । विशेषगरी बालबालिका केन्द्रित विषय र सन्दर्भ उठाएको फिल्ममा जय किशन बस्नेत, सुनिल थापा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

यसै गरी शुक्रबारै प्रदर्शनमा आएको अर्को फिल्म हो ‘जन्मभूमि’ । पहिले नै प्रदर्शनमा आउने भनिएतापनि हल नपाएपछि सर्दै सर्दै यो फिल्म यो डेट आइपुगेको हो । देशको गौरवगान अनि माटोको कुरा उठाईएको यस फिल्ममा नयाँ अनुहारको अभिनय हाबी रहेको रहेको छ । विषयवस्तु सान्दर्भिक भएपनि खास चिनिएका अनुहार नहुदा ‘जन्मभूमि’ले पनि आफ्नै देशका दर्शकको साथ बटुल्न सकेन । सुरज गिरी निर्मित यस फिल्मलाई मोहन निरौलाले निर्देशन गरेका हुन् ।

यस्तै स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित ‘इन्द्रावती’ फिल्मले पनि शुक्रबार देखि रिलिज आरम्भ गरेको छ । रिलिजका हिसाबले श्रीकृष्णको यो नै अन्तिम फिल्म हो । वर्षौ पहिले निर्माण भएपनि विभिन्न कारणले रिलिज हुन नसकेको फिल्म श्रीकृष्ण कै कारण हेर्न हल आइपुग्लान दर्शक भन्ने बडो ठूलो आशा राखेर निर्माण यूनिट लागिपर्दा अन्तत यो सपना पनि सपनामै सिमित देखिएको छ । चर्चित टेलिशृङ्खला इन्द्रावती माथि बनेको फिल्मलाई बद्री अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा हाल कलाकारितबाट निकै दुर रहेकी विपना थापाको समेत अभिनय रहेको छ । इन्द्रावतीमा श्रीकृष्ण र विपनाको जोडी सहित रजनी राना, उपेन्द्र तिमल्सिना, देशभक्त खनालको अभिनय हेर्न सकिन्छ ।

तसर्थ आजबाट लागेका यि तीन नेपाली फिल्मले पहिलो दिनमा त्यस्तो खास दर्शक तान्न सकेनन् । भोलि शनिबार छुट्टिको दिन भएकाले आफ्नो फिल्म हेर्न दर्शक आउलान् कि भन्ने ठूलो आशा यि तीनै फिल्मका निर्माताले गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)