फिल्म हेर्ने एक जोडीलाई स्कुटी उपहार


Filmy Kura, Apr 1, 2016 at 5:37 pm

yes-kumar-

यदि तपाई बिबाहित हुनुहुन्छ भने अब फिल्म हेर्न जादा जोडी लिएर जानुहोस् । फिल्म पनि हेर्न पाइने स्कुटी पनि उपहार मिल्ने । वाउ कति मज्जा । सन् २०१० मा बनेको निकै हिट फिल्म ‘बाटो मुनिको फूल’ को सिक्वेल हेर्न आउने जो कोही दम्पतीलाई खुसीको खबर । यसको सिक्वेल ‘बाटो मुनिको फूल २’ यहि बैशाख १० गते रिलिज हुदैछ । विशेषत् जातिय भेदभावको मुद्दा उठाएको यस फिल्मलाई अन्तर जातिय बिबाह गर्ने जो कोही जोडीले फिल्म हेरे पश्चात स्कुटीको दाबी गर्न पाउनेछन् । फिल्म हेरेको अर्धकट्टी र बिबाह दर्ताको प्रमाण पत्र सहित फिल्मको आधारिक वेव साइटमा इन्फर्म गरेपछि लक्की ड्र मार्फत होन्डाको स्कुटी प्रदान गरिने फिल्म निर्माण यूनिटले बताएको छ ।

फिल्मका निर्माता समेत रहेका कलाकार तथा लेखक यश कुमारले आज एक पत्रकार भेटघाट गर्दै यो योजना सार्वजनिक गरेका हुन् । उनले भने, ‘नेपालमा हाल अन्तर जातिय बिबाह गर्ने ७५ प्रतिशले बिबाह दर्ता नगरेको पाइयो । जम्मा २५ प्रतिशले मात्र बिबाह दर्ता गरेका छन् । हामीले यो कुनै फिल्म चलाउनको लागि फण्डा गरेका होइनौ । यो त प्रोत्साहन स्वरुप दिन लागिएको हो ।’

उनको भनाइ अनुसार अन्तर जातिय बिबाह गर्ने हरेक जोडीले बिबाह दर्ता नगर्दा उनीहरुबाट जन्मिएका छोरा छोरीमा जन्मदर्ता देखि लिएर नागरिकता सम्म लिन नमिलेको घटना हाम्रै समाजमा विद्यमान छ । यश कुमारले स्कुटी उपहार योजना राखेर ५०० जोडीले फिल्म हेर्न आउदैमा लगानी नउठ्ने भन्दै यसलाई पब्लिसिटीको नयाँ मापदण्ड अपनाएको नठानिदिन आग्रह गरे । फिल्ममा जातिय भदेभाव मात्र नभइ अन्य रमाइला प्रसङ्ग समेत समावेश गरिएको उनले बताए । सांगितीक क्षेत्रबाट राम्रै चर्चा पाइरहदा फिल्म नगरीमा फड्को मार्नुको पछाडि आफू हिरो बन्ने हेतुले नभई एक राम्रो कलाकार र मेकर हुन आएको समेत उनले स्पष्ट पारे ।

richa-ashisma
फिल्मका अर्का कलाकार बाबु बोगटीले पहिलो सिरिजमा गरेको कामलाई जसरी दर्शकले रुचाए दोस्रोबाट त्यस भन्दा धेरै माया पाउने आशा राखे । यता फिल्मकी अर्की कलाकार ऋचा शर्माले आफू पहिलो सिरिजको फ्यान भएको बताउँदै यति हिट फिल्मको सिक्वेलमा काम गर्न पाउनु सौभाग्यको कुरा भएको बताइन । नायिका अशिष्मा नकर्मीले पनि यसमा केही फरक गर्ने कोसिस आफूले गरेको भनेकी छिन् ।

फिल्मका अर्का कलाकार दिलिप रायमाझी भने हाल अमेरिकामा रहेका छन् । निर्देशक सुवर्ण थापा पनि फ्रान्स मै बस्ने भएकाले फिल्मको निमित्त नेपाल आएका छैनन् । त्यसका बाबजुद पनि राम्रो फिल्म निर्माण गरेकाले दर्शकको साथ मिल्नेमा निर्माण यूनिट ढुक्क छ । समारोहमा फिल्मको गीत र ट्रेलर समेत देखाइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)