अशिष्माको काखमा अन्तिम श्वास फेर्ने यशको चाहना


Filmy Kura, Apr 1, 2016 at 6:08 pm

yes-asisma‘बाँचुञ्जेल तिमीलाई नै हेर्ने मन छ, अन्तिम श्वास तिम्रै काखमा फेर्ने मन छ’ भन्दै गायक तथा नायक यश कुमारले नायिका अशिष्मा नकर्मीलाई आफ्नो मनको भित्री चाह ब्यक्त गरेका छन् । जवाफमा अशिष्माले पनि नजिकबाट यशलाई चिन्न मन लागेको बताएकी छिन् ।

यो नयाँ वर्ष ०७३ सालको बैशाख १० रिलिज फिल्म ‘बाटो मुनिको फूल २’ को एक गीतको प्रसङ्ग हो । निकै मार्मीक बनेको यो फिल्मको गीतमा यश कुमार र जलजला परियारको स्वर सुन्न सकिन्छ । यशकै शब्द र संगीतमा तयार यो गीतलाई यूट्युबमा पनि निकै रुचाइएको छ । गोविन्द प्रभातको नृत्य निर्देशन रहेको फिल्मको गीतले तपाईको पनि मन छुन सक्छ ।

सुवर्ण थापा निर्देशित यस फिल्मले जातिय विभेदबाट सिर्जित विभिन्न घटना परिक्रमलाई देखाउन खोजेको छ ।

हेर्नुस् निकै राम्रो बनेको छ यो गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)