आर्यनको एक्शनमा टाइगर सर्फको झल्को


Filmy Kura, Apr 6, 2016 at 12:01 pm

aaryan-adhikariनवनायक आर्यन अधिकारी अभिनित फिल्म ‘के म तिम्रो होइन र’ को डरलाग्दा एक्शन दृश्य हेर्दा बलिउड अभिनेता टाइगर सर्फ अभिनित फिल्म ‘हिरोपन्ती’ को झल्को जो कोहीको मनमा आउन सक्छ । आर्यनको जिउडाल र एक्शन शैली हेर्ने हो भने टाइगर सर्फले नै नेपाली फिल्म खेले जस्तो महशुस गर्न सकिन्छ । हो फिल्म लेखक/निर्देशक तथा अभिनेता आकाश अधिकारीले यो पटक आफ्नो फिल्ममा एक सम्भावना बोकेका चम्किला तारालाई लिड रोलमा प्रस्तुत गरेका छन् ।

उनी हुन् आर्यन अधिकारी । बैशाख ३१ रिलिज हुन गइरहेको यो एक्शन प्रधान फिल्ममा आर्यन अधिकारी खतरनाक द्धन्द्ध दृश्यमा देखिएपछि नेपाली फिल्मका एक्शन स्टार निखिल उप्रेती र विराज भट्टलाई समेत मात खुवाउन सक्ने अड्कल बाजी काटिएको छ । तीन दिन मात्र भएको छ युट्युवमा ट्रेलर सार्वजनिक गरिएको हाल सम्म ३६ हजार भ्यूअर्सले ट्रेलरलाई हेरिसकेका छन् ।

आकाश अधिकारी निर्देशित यो फिल्ममा आर्यन सँगै नव अनुहार मरिस्का पोखरेल, गौरी मल्ल, आकाश बाबु खवास आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।

हेर्नुस् के म तिम्रो होइन र को ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)