प्रेम गीतले मनायो गौरवमय ५१ दिन, कभर सङ कम्पिटिशनमा सागर विजय


Filmy Kura, Apr 7, 2016 at 10:10 am

Prem-Geet-Cover-Winner-sagarवर्ष २०७२ मा थुप्रै फिल्म रिलिजमा आए यस मध्ये फिल्मको गीत र प्रस्तुतीकरणले दर्शक रिजाउन सकेको प्रेमकथानक चलचित्र ‘प्रेम गीत’ ले प्रदर्शनको गौरवमय ५१ दिन भव्य कार्यक्रम गरी सेलिब्रेट गरेको छ । पछिल्लो समय प्रदर्शनको ५१ औँ दिन मनाउने फिल्म विरलै छन् । यस हिसाबमा यो वर्षको लागि अत्याधिक दर्शकको आत्मिय साथ ‘प्रेम गीत’ ले पाएको छ ।

सुचना तथा सञ्चार मन्त्री शेरधन राईलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा फिल्मको कभर सङ कम्पिटिशनको विजेता समेत घोषणा गरियो । ‘म यस्तो गीत गाउछु’ बोलको गीतमा सहभागी प्रतिस्पर्धी ५ सय ५९ बाट छानिएर आएका १५ जनामा गरिएको ग्राण्ड फिनालेबाट सागर संसार राईले आफ्नो जित सुरक्षित गरे । जुरी मेम्बरमा रहेका फिल्मका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन, संगीतकार अर्जुन पोखरेल, गायिका अन्जु पन्त र लेखक रामशरण पाठकले अन्तिम ५ प्रतिस्पर्धीबाट गायन क्षमताको आधारमा एकजना चुनेका हुन् ।

विजेता सागरले नगद एक लाख रुपैया सहित आशुसेन फिल्म्स्को तर्फबाट आगामी बन्ने फिल्ममा पाश्र्व गायनको अवसर पाएका छन् । समारोहमा पूजा शर्मा र प्रदीप खड्काको प्रमुख भूमिका रहेको ‘प्रेम गीत’ लाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने विभिन्न चलचित्रकर्मी तथा मिडियाकर्मीलाई मायाको चिनो वितरण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)