बाजेको पालाले दिलिपलाई नेपाल फर्काउने बेलवासेको दाबी


Filmy Kura, Apr 8, 2016 at 2:33 pm

dilip-ganesचलचित्र लेखक तथा कलाकार गणेश बेलवासेले कुनै जमानाका स्टार दिलिप रायमाझी ‘उहिले बाजेको पालामा’ फिल्म रिलिज पश्चात अमेरिका छाडी नेपाल फर्कने दाबी गरेका छन् । दिलिपको क्रेज यो फिल्मले अझ माथि पु¥याउने र कलाकारिता मोहले उनलाई अमेरिका छाड्न घच्घच्याउने बेलवासेको बुझाई छ । दिलिप रायमाझी हाल चलचित्र नगरीबाट टाढा छन् । उनी सपरिवार अमेरिकामा बसोबास गरिरहेका छन् ।

कुनै समय नेपाली फिल्मका चर्चित हिरो यिनै दिलिपले अभिनय गरेको ‘उहिले बाजेको पालामा’ फिल्म नयाँ वर्ष २०७३ सालको बैशाख २४ गते उपत्यकामा र जेठ ७ उपत्यका बाहिर रिलिज हुँदैछ । फिल्ममा दिलिपको अभिनय तारिफ योग्य रहेको बताउँदै दर्शकको खोजिकै कारण दिलिप अमेरिकाको बसाइ छोट्याई नेपाल आउन सक्ने सम्भावना प्रवल रहेको सोही फिल्मका लेखक समेत रहेका कलाकार गणेश बेलवासेले बताएका हुन् ।

उनले यो फिल्मले नेपालको मौलिक कला, संस्कृति, रितिरिवाजको मूल विषय उठाएको समेत स्पष्ट पारे । फिल्ममा उनको समेत प्रमुख भूमिका रहेको छ । दर्शकले यो फिल्म मन पराएको खण्डमा यसको सिक्वेल समेत निर्माण गर्ने बेलवासेले योजना बुनेका छन् । फिल्मीकुरा सँग गफगाफ गर्दै आजबाट ‘उहिले बाजेको पालामा’ फिल्मको हल ट्रेलर छाडिएको बताउने गणेश फिल्म सफल हुनेमा ढुक्क छन् ।

उनलाई अहिले फिल्मको प्रचार प्रसारको निकै चटारो छ । फिल्ममा अभिनय गरेका अर्का हास्यकलाकार कमल गाउलेलाई लिएर पछिल्लो समय उनी विभिन्न मिडिया पुगिरहेका छन् । फिल्ममा लेखन, अभिनय सँगै उनले लगानी समेत लगाएका छन् । फिल्मकी नायिका खुश्वु खड्का पनि ‘उहिले बाजेको पालामा’ बाट दर्शकमाझ आफ्नो चिनारी फराकिलो पार्ने दाउमा छिन् ।

बसन्त जि.एम. निर्देशित फिल्मका कार्यकारी निर्माता हल सञ्चालक समेत रहेका सुनिल मानन्धर हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)