दुर्गाको युगमा तीन अभिनेत्रीलाई कालेको हैरानी (भिडियो सहित)


Filmy Kura, Apr 8, 2016 at 3:40 pm

गायिका दुर्गा खरेलले नयाँ एल्बम ‘युग’ दर्शक श्रोतामाझ ल्याएकी छिन् । बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रम मार्फत ‘युग’ को अडियो विमोचन गरियो । जहाँ एक गीतको भिडियो समेत देखाइएको थियो ।

yug-album-release
गायिका दुर्गाको एकल स्वर तथा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको एकल संगीतमा तयार यो एल्बमको गीतका रचनाकार भने अमृत रेग्मी हुन् । विमोचन समारोहलाई सम्बोधन गर्दै गायिका खरेलले यस एल्बममा सबै किसिमका गीत समावेश गरिएको बताइन् । संगीतकार पोखरेलले समय सुहाउदो परिवेश अनुरुप मिठास पूर्ण संगीत ‘युग’ मा संयोजन गरेको भनाइ राखे ।

three-models
पाँच गीत समावेश उक्त एल्बमको एक गीतको भने भिडियो सञ्चारकर्मीलाई देखाइएको थियो । भिडियोलाई रंग पत्रकार सुब्रत आचार्यले निर्देशन गरेका छन् । ‘काले केटाले’ बोलको उक्त गीतमा रिमा विश्वकर्मा, नम्रता सापकोटा, एनी, सुशान्त सिंह ठकुरीको अभिनय रहेको छ । भिडियो निकै रोचक बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)