गोपीकृष्णमा घेरिइन रेखा, रामप्यारी चार्म बढ्दो


Filmy Kura, Apr 8, 2016 at 4:06 pm

शुक्रबारबाट रिलिज मैदान उत्रिएको ‘रामप्यारी’ ले उल्लेख्य दर्शक साथ पाएको छ । रेखा थापा स्टारर फिल्मको बिहानी शो हाउसफुल देखिन्थे ।

ram-pyari-8
रेखा थापा शुक्रबार दिउसो दर्शक माहोल बुझ्न चावहिलमा रहेको गोपीकृष्ण हल पुगेकी थिइन् । त्यहा उनलाई दर्शकको भिडले यसरी घे¥यो कि खै के भन्ने । सायद यहि होला स्टार पावर । दर्शकको हुटिङ र चिच्याहटले रेखा दङ्ग परिन् ।

ram-pyari-
पहिलो शो मै यति धेरै क्राउड भएपछि रेखाको मनमा खुसी नछाउने कुरै भएन । उनको होम ब्यानरमा निर्मित जुनसुकै फिल्मले दर्शक तान्न सफल भएको देखिन्छ । नारी सशक्ति देखि लिएर मजदुरको आवाज बोल्ने ‘रामप्यारी’ फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । रेखा सँगै फिल्ममा आभाष अधिकारी, आश्मा डिसी, सविर श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।

ram-pyari-5
यस सँगै शुक्रबारै प्रदर्शनमा आएको अर्को फिल्म ‘नाईँ नभन्नू ल ४’ ले पनि सुखद ओपनिङ गरेको छ । विकास आचार्य निर्देशित फिल्म बढि सांगीतिक छ । यस फिल्ममा प्रियंका कार्की, सरोज खनाल, पल शाह, बर्षा राउत, अनुभव रेग्मीको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)