रेखालाई टक्कर दिने जन्मियो अर्को स्टार


Filmy Kura, Apr 9, 2016 at 4:42 pm

paul-shahaफिल्म व्यापारको आँकडा जुन मिडियाले बढाई चढाई लेखेनी अन्तत त्यसमा धेरै हदसम्म सत्यता पाइदैन । नेपालमा बक्स अफिस सिस्टम नभएकाले वितरक वा हल सञ्चालकको भनाइलाई नै आधार मान्दा पनि पैसामा धेरै अन्तर देखिने भएकाले फिल्मीकुराले यति नै ग्रस कलेक्शन यो फिल्मले ग¥यो भनेर नभनेको हो । यद्धपि चैत्र २६ गते रिलिज भएका दुई फिल्म ‘रामप्यारी’ र ‘नाईँ नभन्नू ल ४’ दुवैले दर्शकको उलेख्य साथ पाएको कुरा कसैले नकार्न मिल्दैन ।

paul auto
रेखा थापाको स्टार पावर त तपाईले देख्नु नै भएको छ तथापी उनको क्रेजको अगाडि कुनै नयाँ व्यक्तिले टक्कर दिदै छ भने त्यो हो उदाउदो प्रतिभा नायक पल शाह । हो रेखा जस्तो एकछत्र राज गरेर बसेको व्यक्तिको फिल्म हेर्न त दर्शक आउछन् नै तर सोही मितिमा लागेको अर्को फिल्म ‘नाईँ नभन्नू ल ४’ मा पनि दर्शक संख्यामा कुनै कमी थिएन् । आफ्नो ब्राण्डमा विश्वास गर्ने निर्देशक विकास आचार्यले यस पटक म्युजिक भिडियोमा छाएका पल शाहलाई खेलाएका थिए । उनको कामको तारिफ हरेक दर्शकले गरेका छन् । जसरी रेखा ‘रामप्यारी’ को माहोल हेर्न हल पुगिन् त्यसरी नै पल शाह पनि विभिन्न हल पुग्दा उनलाई दर्शकले घेरेर अटोग्राफ लिने देखि लिएर सेल्फी खिचाउने सम्मको दृश्य देखिए । त्यति मात्र हैन उनलाई दर्शकले उचालेर बोके पनि ।

डेब्यू फिल्मबाटै पलले जुन खालको दर्शक उत्साह बटुले यसबाट के प्रमाणित हुन्छ भने उनी एक प्रशस्त सम्भावना बोकेका कलाकार हुन् जसले रेखा सँग टक्कर लिन सक्ने सामथ्र्य राख्दछ । पुरानाका पछि लाग्दा नयाँ नदेखिएका हुन् तर पलको क्रेजले पछिल्लो पुस्तालाई लिड गर्न सक्ने छनक देखाएको छ । कुनै जमाना राजेश हमालको थियो । विस्तारै स्वरुप परिवर्तन हुदै गइरहेको छ । हाल रेखाले लिड गरिरहेको यो ठाउँमा चाडै नै अनमोल केसी र पल शाह जस्ता प्रतिभा नआउलान् भन्न सकिन्न ।

स्मरण रहोस् आज शनिबार, सँगै यो वर्षको एस.एल.सी. परीक्षा सकिएको दिन दुवै फिल्म हेर्न आउने संख्यामा हिजोको तुलनामा दर्शक चाप आज धेरै बढी छ ।


One response to “रेखालाई टक्कर दिने जन्मियो अर्को स्टार”

  1. Sujata Kshetry says:

    यो ठाउँमा चाडै नै अनमोल केसी र पल शाह जस्ता प्रतिभा नआउलान् भन्न सकिन्न, यो दुई नामका साथमा अहिले निकै रुचाइएका र यी दुबैलाई धेरै पछाडी पारेका नायक प्रदिप खड्काको नाम किन जोडिएन ? चित्त नबुझेको कुरा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)