माग्ने बुढाको जन्मदिन छक्का पञ्जा सेटमा


Filmy Kura, Apr 10, 2016 at 12:02 pm

mangeचर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको आज जन्मदिन । कलाकारिता क्षेत्रमा माग्ने बुढाको पात्रले सबैमाझ लोकप्रिय यि कलाकार आजबाट ४२ वर्षमा प्रवेश गरेका छन् ।
निकै संघर्ष र दुःख पार गर्दै आजका दिन सम्म आइपुगेका उनी पात्रले माग्ने भनिए पनि वास्तविक जीवनमा निकै धनी बनिसकेका छन् । उनको जन्मदिन फिल्म ‘छक्का पञ्जा’ को सेट मै मनाइएको छ । यो फिल्मको माग्ने एक प्रमुख पात्र समेत हुन् । उनलाई जन्मदिनको अवसरमा सहकर्मी हास्यकलाकारले शुभकामना दिएका छन् ।

Magne-buda-janma-din
२०५८ सालबाट कला क्षेत्रमा प्रवेश गरेका केदारले ‘हिजो आजका कुरा’ बाट अभिनय यात्राको थालनी गरेका हुन् । सिर्जनशिल यि व्यक्ति पछिल्लो समय ‘मेरी बास्सै’ मा एक प्रमुख पात्र र निर्देशक भएर काम गरेपछि भने एकाएक चर्चामा आएका थिए । जीवन्त अभिनय गर्ने कलाकारका रुपमा उनी सबैमाझ परिचित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)