रोल्पा रोगले पायो पिजीको प्रमाण


Filmy Kura, May 1, 2016 at 10:11 am

rolpa-rogदीपक ओलीको डेब्यू निर्देशन रहेको फिल्म ‘रोल्पा रोग’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजी अर्थात १६ वर्ष मुनिका दर्शकले फिल्मलाई पर्दामा नियाल्न चाहेमा अभिभावकको साथ अनिवार्य हुनुपर्नेछ ।

फिल्म आउँदो बैशाख २४ गतेदेखि रिलिज मैदान उत्रदैछ । आशावादी छन् निर्देशक दीपक फिल्मले राम्रो ओपनिङ गर्छ भन्नेमा । सेन्सर पास पक्रियामा समेत फिल्म हेर्नेले ‘रोल्पा रोग’ को तारिफ गरेका थिए ।

सत्य घटनामा आधारित फिल्मले द्धन्द्ध कालिन समयको रोल्पा वस्तुस्थितिलाई जस्ताको त्यस्तै पस्कने कोसिस गरेको छ । फिल्ममा शिशिर भण्डारी, कुल्दिप अधिकारी, बिनु खड्का आदि कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)