विदेशी हिरोइनलाई अंगालोमा लुकाउने रमितको चाहना (भिडियो)


Filmy Kura, May 2, 2016 at 11:53 am

ramit-dhunganaनायक रमित ढुंगानाले एक विदेशी हिरोइनलाई अंगालोमा लुकाउने चाहना व्यक्त गरेका छन् । ति हिरोइन हुन् नाटाली बाचिज । अंगालोमा लुकाउने चाहना पुरा होला कि नहोला त्यसका लागि त जेठ ७ कुर्नै पर्ने हुन्छ । नायक रमित स्वयंले निर्माण गरेको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ फिल्मको सार्वजनिक गीतमा प्रेम भाव झल्काउन खोजिएको छ ।

आस्था राउत र स्वरुप राज आचार्यको स्वर समावेश यो गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । विकास विष्टको शब्द रचनामा तयार गीतको नृत्य निर्देशन विजय नकर्मीले गरेका हुन् । बुद्धको जन्मथलोको विषयलाई लिएर छिमेकी देश भारतले भ्रम सिर्जना गरिरहदा त्यसलाई चिर्न समेत यो फिल्मले धेरै हदसम्म काम गर्ने अपेक्षा राखिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा रमित ढुंगाना, अमित ढुंगाना, अशिष्मा नकर्मी, नीर शाह, नाटली बाचिज, मिथिला शर्माको अभिनय हेर्न सकिन्छ ।

हेर्नुस् यस्तो बनेको छ गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)