टिजरले कौतुहलता थपेको द विनरको गीत रिलिज (भिडियो)


Filmy Kura, May 2, 2016 at 1:04 pm

malina-manchinकेही समय अघि सार्वजनिक टिजर मै हलिउड शैलि देखिएको नेपाली फिल्म ‘द विनर’ को एक गीत रिलिज गरिएको छ । डाइमण्ड स्टार फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्मको ‘परी’ शीर्षकको गीतलाई प्रविशा अधिकारी र किरण भुजेलले गाएका छन् । अमित श्रेष्ठ र अनुप पन्थिको संगीत रहेको यो गीतमा कविराज गहजराजको नृत्य निर्देशन रहेको छ ।

हिक्मत विष्ट निर्देशित फिल्म आगामी भदौ १७ गतेदेखि अल नेपाल रिलिज हुने बताइएको छ । एक्शनले भरिपूर्ण यो फिल्ममा मलिना जोशी, महेशमान श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ, राजकुमार पन्त, अमित गिरीको अभिनय रहेको छ ।

टिजरले केही आशा जगाएको फिल्मको पूर्ण प्रारुपले कतिको इन्टरटेन गराउला त्यो भने प्रतिक्षा गर्नैपर्छ ।

हेर्नुस् गीत यस्तो बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार