आर्यनको कुन चरित्रलाई दर्शकले मन पराउलान् ?


Filmy Kura, May 3, 2016 at 3:14 pm

aryan-sigdelनायक आर्यन सिग्देल डबल रोलमा रहेको फिल्म ‘होमवर्क’ को सार्वजनिक ट्रेलरले अहिले मार्केटमा केही आशा र केही डर पैदा गरेको छ । कलाकार भनेको जस्तो सुकै चरित्रलाई पनि निर्वाह गर्नुपर्छ भन्ने पक्षमा एक खालको बहस भएको छ भने अर्कोतिर जवानमै बृद्धको रुपमा देखिदा सुहाएन भन्ने पनि छन् ।

‘होमवर्क’ मा आर्यन जवान र बृद्ध दुवै भूमिकामा छन् । आर्यनलाई एउटै क्यारेक्टरमा देखेका दर्शकले बृद्धको रुपमा देख्दा केही खास होला भनेका छन् । लभस्टोरी फिल्ममा अरु हिरोलाई मात खुवाएका आर्यनको फरक किसिमको चरित्रको अचेल राम्रै चर्चा पाइरहेको छ ।
एक्शन फिल्मबाट लगातार असफलता व्यहोरेका यि नायक अभिनित ‘होमवर्क’ जेठ ७ गते रिलिज हुँदैछ । ट्रेलरमा आर्यनलाई बुढेसकालमा बालबालिकाको घेरामै रहेर शिक्षा लिन सामेल भएको देख्न सकिन्छ ।

निरक पौडेल निर्देशित फिल्ममा बृद्धको रुप धारण गरेका आर्यनको जोडी बनेकी छिन् गौरी मल्ल भने जवान आर्यनको प्रेमिकामा नम्रता श्रेष्ठलाई पाउन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)