तीन टेकमा लिप किस


Filmy Kura, May 3, 2016 at 3:42 pm

aryan-mariskaफिल्ममा पहिलो पटक अभिनय गरेका दुई नवकलाकार आर्यन अधिकारी र मरिस्का पोखरेलको लिप किसको किस्सा अझै सेलाएको छैन । ‘के म तिम्रो होइन र’ बाट डेब्यू गरेका यि दुईले फिल्मको एक गीतमा गरेको लिप किस तीन टेकमा ओके भएको हो ।

डेब्यू नायिका मरिस्काले स्मरण गर्दै भनिन्, ‘अँ..आर्यन सँग एक महिना देखि वर्कसपमा राम्रो चिनजान भएकाले लिप किस गर्न गाह्रो भएन । मलाई लाग्छ तीन टेक जति खाएका थियौ होला ।’

लभस्टोरी फिल्ममा एक्शन अवतारका रुपमा देखिएका आर्यन भन्छन्, ‘लिप किस गर्दा मलाई अर्कै खालको फिल चाहि भएन । फिल्ममा अभिनय गरेका हुनाले मैले यो मेरो काम हो भनेर सहजै किस गरे ।’

बैशाख ३१ गतेदेखि अल नेपाल रिलिज थालनी गर्ने फिल्म यतिबेला बहुप्रतिक्षित बनेको छ । फिल्मका निर्देशक आकाश अधिकारी हुन् भने उनका भतिज सुरेश अधिकारीले फिल्ममा लगानी लगाएका छन् ।

हेर्नुस् यहि हो गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)