गाजलुको विषय विवादमा, रिलिज पूर्व कुमारी घरमा देखाइने


Filmy Kura, May 3, 2016 at 4:15 pm

anmol-shristiकुमारी जीवन व्यतित गरेकी युवतीको प्रेमलाई पर्दामा उतार्ने कोसिस गरिएको फिल्म ‘गाजलु’ को विषय छनोट प्रति केही नेवार समुदायले आपत्ती जनाएपछि निर्माता रोहित अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै जाति विशेषको सम्प्रदाय परम्परालाई लिएर कोही कसैको मनोभावना तथा संस्कृतिलाई ठेस पु¥याउने उद्देश्यले प्रस्तुत नगिरएको प्रष्ट पारेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र हलमा रिलिज हुनुपूर्व सेन्सरबोर्डमा देखाइने जस्तै गरी कुमारी घरका पदाधिकारीलाई देखाई आवश्यक सरसल्लाह अनुसार मात्र रिलिज गरिनेछ ।’

अनमोल केसी स्टारर फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । आगामी जेठ २८ मा यो फिल्म रिलिज हुँदैछ ।

press-release


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)