रोल्पा रोग पब्लिसिटीमा प्रियंका र केकी


Filmy Kura, May 5, 2016 at 12:57 pm

priyanka-kekiनायिका प्रियंका कार्की र केकी अधिकारीले बैशाख २४ रिलिज फिल्म ‘रोल्पा रोग’ पब्लिसिटीमा सामाजिक सञ्जालबाट सपोर्ट गरेका छन् । यस कार्यलाई एउटा सकारात्मक कदमको रुपमा लिन सकिन्छ ।

आफू अभिनित फिल्म बाहेक अरुको फिल्ममा खासै चासो नदिने कलाकार नेपालमा धेरै छन् तर प्रियंका र केकीले आफ्नो फेसबुक पेज मार्फत रोल्पा रोगको पोस्टर सेयर गरी लाखौ फ्यान माझ पु¥याएका छन् ।

सत्य घटनामा आधारित यस फिल्मले द्धन्द्ध कालिन समयमा रोल्पा जिल्ला कसरी पिरोलिनु परेको थियो पर्दामा उतार्न खोजेको छ । दीपक ओली निर्देशित यस फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, बिनु खड्का, जनक घर्ति मगरको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)