आमाको मुख हेर्ने दिन तीन फिल्मको जुंगे लडाई


Filmy Kura, May 5, 2016 at 7:33 pm

three-filmतीन वटै फिल्मका सम्बन्धित व्यक्ति फिल्म रिलिजको अघिल्लो दिन सम्म आफ्नै फिल्मले दाउ मार्ने बताइरहेका थिए । हो बैशाख २४ गते शुक्रबार अर्थात आमाको मुख हेर्ने दिनबाट तीन भिन्न स्वाद बोकेका नेपाली फिल्म रिलिज मैदान उत्रदै छन् । यो जुंगे लडाईमा तीन फिल्मको भिडन्तलाई सामान्य आँक्न मिल्दैन । बैशाख २४ गते आमाको मुख हेर्ने दिन परेकाले पनि फिल्म हेर्नका लागि दर्शक ओहिरिनेमा फिल्म निर्माण यूनिट विश्वस्त छ ।

दाबी गर्नु स्वाभाविक हो तर वास्तविकतालाई आत्मसाथ गर्नु आजको आवश्यकता हो । रिलिज पूर्व गरिएको प्रिमियरबाट एक खालको राम्रो माहोल सिर्जना गरेको फिल्म हो ‘उहिले बाजेको पालामा’ । कुनै समयका बिकाउ हिरो दीलिप रायमाझी स्टारर यो फिल्मका लेखक तथा प्रस्तुतकर्ता हुन् गणेश बेलवासे । बसन्त जि.एम. निर्देशित फिल्मले विगतका संस्कृति, रहनसहन तथा परिवेश र शैलीलाई पर्दामा उतार्न खोजेको छ । दीलिप सहित, गणेश, सपना रोका, खुश्वु खड्का, नविन श्रेष्ठ, कमल गाउलेको अभिनयलाई पर्दामा दर्शकले नियाल्न पाउनेछन् ।

यस्तै बेलाबखत फाट्टफुट्ट फिल्ममा देखा परिरहने अर्का नायक हुन् राजेश ढुंगाना । उनि स्वयंले निर्माण गरेको फिल्म ‘आवारा’ ले पनि शुक्रबार रिलिज थालनी गर्दैछ । एक्सन रुचाउने दर्शकका निमित्त यो फिल्म विशेष खुराक बन्न सक्छ । राजेशले फिल्म निर्माणमा हात हाल्नुलाई दर्शकले दिएको मायाका कारण निरन्तरता दिन खोजेको बताएका छन् । अन्य फिल्ममा भन्दा एक्सनमा केही नयाँपन यसमा दिन खोजेको दाबी समेत उनले गरेका छन् । दिनेश पौडेल निर्देशित फिल्ममा राजेश र हर्षिका श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।

उता सत्य घटनामा आधारित फिल्मको रुपमा प्रचार गरिएको ‘रोल्पा रोग’ पनि रोग बनेर २४ गते बाट नै फैलिदैछ । दीपक ओली निर्देशित यस फिल्ममा द्धन्द्ध कालिन समयमा रोल्पा जिल्ला कसरी पिल्छिएको थियो देखाउन खोजिएको छ । युवाको सपना र चाहना कसरी द्धन्द्धले सखाप बनायो त्यो त हल गएर फिल्म हेरे पश्चात नै थाहा हुनेछ । फिल्ममा शिशिर भण्डारी, कुल्दिप अधिकारी, जनक घर्ति मगर, बिनु खड्काको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)