फिल्म निर्माणमा तिव्रता, क्वान्टिटीमा होइन क्वालिटीमा जोड दिउ


Filmy Kura, May 8, 2016 at 9:48 am

अझै पनि नेपाली फिल्मले विदेशी बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन । यद्धपि विगतका तुलनामा केही संख्यात्मक रुपमा नेपाली फिल्म विदेशी भूमिमा शो हुने क्रम भने बढेको छ । नेपालमा रिलिज गरेर लगानी रिकभर गर्न सक्ने अवस्था नदेखे पछि अहिले भटाभट विदेश प्रिमियर गर्ने हिसाबले फिल्म निर्माणमा निर्माताले तिव्रता दिएका छन् । यो कदममा निर्माता मात्र हैन निर्देशक समेत कस्सिएर लागेका छन् । बौद्धिक सिर्जना बाहिर शो गरेर दुई चार पैसा खल्तिमा पनि आउने र नयाँ ठाउँ घुम्न पनि पाइने प्रलोभनमा निर्देशक निर्माता फिल्म निर्माणमा जोड दिइरहेका छन् । आयश्रोतको मुख्य आधार नै त्यहि भएकाले गर्दा पनि होला विदेशमा रेड कार्पेट प्रिमियर हाल आएर एक आकर्षण बनेको छ ।

यो साता मात्र कुरा गर्ने हो भने तीन नेपाली फिल्म निर्माणको घोषणा गरिएको छ । सफल निर्देशक हेमराज विसीले ‘ग्याङस्टार ब्लुज’ निर्माण गर्ने जानकारी गराएको दुई दिन पछि अर्थात बैशाख २४ गते एकै दिन अर्को दुई नेपाली फिल्म बन्ने जानकारी गराइएको थियो । विषय छनोटका हिसाबले पनि केही नविन लाग्ने ‘भुइँमान्छे’ र पारिवारिक फिल्म ‘अनागत’ निर्माण गर्न लागिएको हो ।

ramesh-siporaमृत शरीर पोस्पमार्टम गर्ने व्यक्तिको मनोविज्ञान कस्तो खालको होला त ? दिनहु यहि काम गर्ने व्यक्तिको सेरोफेरोमा ‘भुइँमान्छे’ फिल्म केन्द्रित रहनेछ । फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गर्दैछन् । कथा स्वयं उनकै हो । फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, तारा केसी, प्रवीण खतिवडाको अभिनय रहनेछ ।

फिल्मको शिर्ष भूमिकामा रहेका अभिनेता रमेश बुढाथोकीले त आफ्नो ३० वर्षे फिल्मी करिअरमा ‘भुइँमान्छे’ फिल्ममा गरिने अभिनयले एउटा गर्व गर्न लायक स्थान पाउने समेत बताए । यता सिपोरा गुरुङ जो भलिबल खेलाडी समेत हुन् उनले पनि फरक विषयका कारण फिल्म खेल्न इन्ट्रेष्ट लागेको बताइन् ।

priyana-arpan
उता निर्देशक साम्तेन भुटिया भने ‘अनागत’ टाइटलमा फिल्म निर्माणमा कस्सिएका छन् । पूर्ण पारिवारिक फिल्मले भने पति–पत्निबीचको अपरिचित सम्बन्धले निम्ताउन सक्ने विविध समस्यालाई जोड दिनेछ । यो फिल्ममा नायिका प्रियंका कार्की, अभिनेता अर्पण थापाको प्रमुख भूमिका रहनेछ । मंगलबार देखि छायांकन सुरु हुने फिल्मको लगानीकर्ता समीर उपाध्याय र चन्द्रकान्त झा हुन् ।

यसरी हेर्दा हप्ता मै तीन फिल्म निर्माणको घोषणा । फिल्म बनाउनु नराम्रो होइन तर अझै पनि हामी क्वान्टिटीमा जोड दिइरहेका छौ, कहिले दिने क्वालिटीमा जोड ? एउटा नयाँ निर्माता आएर एउटा फिल्म बनाएपछि हराउने परिपाटी त छदै नी छ । यसर्थ फिल्म निर्माणमा क्वालिटी दिने प्रयास गरौ नत्र निर्माताको गोजी टाट पल्टिएको समाचार हाबी हुन बेर छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)